भारतलाई हराउँदै वेस्ट इन्डिज फाइनलमा

West Indies

भारतलाई घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। भारतले जितका लागि १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम दुर्इ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो। अन्तिम दुई ओभरमा वेष्टइण्डिजलाई २० रन चाहिएको थियो ।

जडेजाको बलमा रसेलले पाँचौ बलमा छक्का र छैटौंमा चौका हानेपछि अन्तिम ओभरमा ८ रन चाहियो। भारतीय कप्तान एमएस धोनीले विराट कोहलीलाई बल थमाए। पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा रन जोड्ने मौका नै दिएनन्। तर, तेस्रो बलमा चौका हानेका रसेलले चौथो बलमा छक्का हान्दै जित दिलाए।

वेष्टइण्डिजको सुरुवात भने खराब थियो। क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाादा टिमको स्कोर मात्र १९ रन थियो। तर, जोनसन चार्ल्स र लेन्डल सिमोन्सले पारी सम्हाले। उनीहरुले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो पारी खेले। सिमोन्स ८३ रनमा अविजित रहे। ८१ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का हाने । रसेलले २० बलमा ४ चौका र ४ छक्काको मदतमा हविजित ४३ रन बनाए।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले विराट कोहलीको शानदार प्रर्दशनको मदतमा २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो।

Leave a Reply

Your email address will not be published.