फेसबुकबाट चरित्रहत्या गर्ने निरजकुमार चौधरी पक्राउ

facebook crime

सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिई चरित्र हत्या गरेको अभियोगमा निरजकुमार चौधरी पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ‘निरज बाबा’ उपनामले चिनिने चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार मकवानपुर हेटौंडास्थित बुद्धचोकबाट पक्राउ गरेको हो।

चौधरीले पीडितलाई ‘कहीँ कतै उजुरी गरे भौतिक कारबाही गर्ने’ भन्दै पटक-पटक फोनमार्फत धम्क्याउँदै आएको समेत बुझिएको छ। पीडितलाई उनले विभिन्न ठाउँमा बोलाई पटक–पटक यौनसम्पर्क राख्न दबाब दिँदै आएको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published.