नासपा सिरहामा जिल्ला कार्यसमिति र विद्यार्थी फ्रन्ट गठन

राजकुमार लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टीले सिरहा जिल्लामा कार्यसमिति गठन गरेकाे छ। अाइतबार बसेकाे भेलाले दश्मीलाल चाैधरीकाे संयाेजकत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे। दश्मीलाल फाेरम लाेकतनन्त्रिक परित्याग गरेर नेतृत्व लिएकाे पार्टीका प्रवक्ता राज थारूले जानकारी दिए।

त्यस्तै सिरहामा अायाेजित पार्टीकाे अर्काे भेलाले नागरिक समाजवादी विद्यार्थी फ्रन्टकाे जिल्ला कार्यसमिति गठन गरेकाे छ। भेलाले दीपिका चाैधरीकाे नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे।

पार्टीले क्रमिकरूपमा सबै जिल्लामा कार्यसमिति विस्तार गर्दै जाने संयाेजक लेखीले बताए।

Leave a Reply

Your email address will not be published.