वीर्यदाता खोजेर बिहे

160325111416_aminah_hart_daughter_husband_624x351__nocredit

अघिल्लो बिहे बिग्रेपछि अमिना हर्टले कृत्रिम गर्भधारणबाट सन्तान जन्माउने योजना मात्र बनाएकी थिइन् तर तिनै वीर्यदातासँग बिहे होला भन्ने कल्पनासम्म गरेकी थिइनन् तर नियतिले त्यस्तै जुरायो। लन्डनमा जन्मिएकी अमिना, ४५, विरक्तिएर अस्ट्रेलिया बसोबास गर्न थालेकी थिइन्। एक्लो जीवनमा रंग भर्न उनले कृत्रिम गर्भाधान रोजिन्। जसै छोरी लैला हुर्कन थालिन्, अमिनालाई वीर्यदाता खोज्ने हुटहुटी जागेर आयो।

त्यसो त अस्पतालले वीर्यदाताका बारेमा जानकारी दिन रुचाउँदैनन् तर उनले कुनै उपाय लगाइन् र लैला एक वर्षकी भएपछि वीर्यदाता स्कट एन्डरसनसँग भेटिन्। दुवैको भेट ‰याँङि्दै जाँदा ती दुईबीच बिहेसम्म पुगे।

‘हामी दुवैले बिहेसम्म कुरा पुग्ला भन्ने सोचेका थिएनौं,’ स्कटले भने, ‘म छोरीको मोहमा हुरुक्कै भएँ अनि मात्र अमिनासँग प्रेममा डुबेँ।’ स्कट आफैं छोरीप्रति मोहित भएपछि तीन वर्षअघि महिनामा एक दिन भेट्न थाले। हुँदाहुँदा लैलाले स्कटलाई ‘बाबा’ भनेर बोलाउन थालेपछि क्रमशः अमिनाप्रति आकर्षित भए।

विज्ञापन एजेन्सीमा काम गर्ने अमिनाका लन्डनमा रहेका पतिबाट दुई छोरा थिए तर केही समय अन्तरमा दुवैको देहान्त भयो। त्यो बेला उनलाई थाहा भयो, उनको शरीरमा बिरलै पाइने ‘जेनेटिक डिसअर्डर’ छ, जसका कारण छोरा जिउँदो हुँदैनन् तर छोरी चाहिँ बाँच्न सक्छन्।

४२ वर्षको उमेरमा उनले अन्तिम प्रयास गरेर कृत्रिम गर्भाधानमार्फत् छोरी जन्माएकी थिइन्। छोरी हुर्कंदै जाँदा आफूलाई यति गज्जबको उपहार दिने ‘पुरुष’ खोज्न थालिन्।

त्यसो त कानुनअनुसार यस्ता सन्तान १८ वर्ष नपुगुञ्जेल वीर्यदाताले सन्तान भेट्न पाउँदैनन् तर अमिनाले छोरीको तस्बिर पठाएपछि स्कट भेट्ने लोभबाट जोगिन सकेनन्। उनले भने, ‘छोरी ठ्याक्कै मैजस्ती थिई, नभेटी मनैले मानेन।’

यसअघि दुई पटक विवाहित स्कटका चार अन्य सन्तान छन्। भेट्दै जाँदा अमिनालाई स्कट एउटा ‘असल केटो’ लाग्यो। एक दिन वर्षाका कारण सडक अवरुद्ध हुँदा स्कट घर फर्कन पाएनन्। अमिनाले स्कटलाई चुम्बन प्रस्ताव राखिन्। यही चुम्बनपछि प्रेम बढाउन काफी बन्यो।

यसपछि यो जोडीले थाइल्यान्डमा बिना मनाउने क्रममा बिहेका लागि औंठी साटासाट गरे।

यो कथा नौलो छ त? ‘वीर्यदान’ बाहेक कथामा नौलोपन पक्कै छैन। अंग्रेजी फिल्मका दर्शकले यसअघि यस्तै कथामा ‘लभ एक्चुअल्ली’ र ‘ब्रिगेट जोन्स डायरी’ हेरिसकेका छन्। कथा नौलो नभए पनि अमिनाले पछिल्लो समय लेखेको आत्मकथा ‘हाउ आइ मेट हर फादर’मा हलिउडले फिल्म बनाउने घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.