उपत्यका विद्यार्थीकाे अधिवेशन चैत २७ मा हुने

थारू विद्यार्थी समाज उपत्यका समितिकाे अधिवेशन चैत २७ गते हुने भएकाे छ। मंगलबार बसेकाे उपत्यका समितिकाे बैठकले साे निर्णय गरेकाे समितिका सचिव विमल चाैधरीले जानकारी दिए।

उनका अनुसार इकाइ कमिटी गठन भएका कलेजबाट पाँच जना प्रतिनिधि र दुई जना पर्यवेक्षक राख्ने निर्णय भएकाे छ। जसमध्ये प्रतिनिधिमा दुई जना महिला र पर्यवेक्षकमा एक जना महिला अनिवार्य हुनपर्नेछ। प्रतिनिधि हु अनिवार्यरूपमा सदस्यता लिएकाे हुन पर्ने सचिव चाैधरीले जानकारी दिए।

अधिवेशनकाे स्थान र प्रमुख अतिथि तय भइनसकेकाे उनले बताए।

Leave a Reply

Your email address will not be published.