पाइलट र को-पाइलट जसले आफू मरेर यात्रुहरु जोगाए

kastamandap-air-crash-2

एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लमृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले भने- बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।

Leave a Reply

Your email address will not be published.