कांग्रेसका सांसद एवं पर्सा अध्यक्ष सुरेन्द्र चौधरीले पार्टी छाडे

Surendran Chaudhary

कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् । पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि चौधरीले सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिए । उनले जिल्ला अधिवेशनमा आफू भने सहभागी नभएको दाबी गरेका छन् ।

चौधरीले कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको भन्दै आफू पार्टी छाड्ने निष्कर्षमा पुगेको जानकारी दिए । ‘जाली मतदाता सूची बनाएर हुँदै नभएको निर्वाचनबाट मेरो अपमान गर्ने काम भयो,’ चौधरीले भने, ‘सबै कुरा बुझ्दा बुझ्दै पनि नेतृत्व चुप लागेर बसेपछि पार्टी छाड्ने निष्कर्षमा पुगेको हुँ ।’ चौधरी पर्सा– ४ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।

चौधरीले कांग्रेस छाडेलगत्तै नयाँ पार्टी बनाउने अभियानमा सक्रिय हुने बताए । ‘उपेन्द्र यादवजी, रविन्द्र मिश्रजीसँग छलफल गरेको छु,’ उनले भने, ‘उपेन्द्रजीले तपाईं आउनुभयो भने पार्टीको नाम परिवर्तन गर्छु भन्नुभएको छ ।’

यो पनि पढ्नुस्:

महाधिवेशन प्रतिनिधिमा हारे सांसद सुरेन्द्र चौधरी

Leave a Reply

Your email address will not be published.