बुटवलका अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा फेला

बुटवलको एभरेष्ट उच्च मावि कक्षा ६ मा अध्ययनरत अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । १४ वर्षिय चौधरी गएराति ११ बजे झुण्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कपिलबस्तु कृष्णनगर घर भएका उनी एभरेष्ट होस्टेलमा बस्दै आएका थिए । सिरकको खोल च्यातेर त्यसकै पासो लगाइ झुण्डिएको अबस्थामा उनी फेला परेको प्रहरीको भनाइ छ ।

उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले चौधरीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.