थरुहटको चेतावनीपछि इन्सेकले भन्यो- सत्यतथ्यको पक्षमा छौं, गल्ती सच्याउँछौं

Bimochan_Insecअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले टीकापुर घटनावारे उल्लेखित मानव अधिकार सम्बन्धी आफ्नो प्रतिवेदन सच्याउने भएको छ । हालै सार्वजनिक गरिएको प्रतिवेदन तथा मानवअधिकार वर्ष पुस्तक २०१६ मा उल्लेतित टीकापुर घटनाको विवरणप्रति आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कडा विरोध जनाएपछि इन्सेकले आफ्नो उक्त प्रतिवेदन सच्याउने भएको हो ।

इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलद्वारा विहिवार जारी विज्ञप्ती अनुसार पुस्तकमा प्रकाशित केही विवरणको बारेमा केही असहमति भएको भन्दै त्यस्ता असहमतिका विषयलाई इन्सेकले सिकाईको रुपमा लिई सच्याउने र अभिलेख अद्यावधिक गर्ने भएको छ ।

भदौ ७ गते घटेको हिंसात्मक टीकापुर घटनामा आठ प्रहरी र बालकको मृत्यु भएको घटनासम्बन्धी विवरण नेपाल मानव अधिकार वर्ष पुस्तक २०१६ मा प्रकाशित गरेको स्पष्ट पार्दै विज्ञप्तीमा भनिएको छ– ‘घटनालगत्तै इन्सेकले गरेको स्थलगत अध्ययनको क्रममा स्थानीय प्रत्यक्षदर्शी तथा पीडित परिवारका व्यक्ति, स्थानीय प्रशासनसंग गरेको कुराकानीको निचोडको आधारमा विवरण तयार पारिएको हो ।’ प्रस्तुत विवरणको आधारमा न्यायिक निरूपणको काम नगरेपनि घटनाको थप सत्यतथ्य बाहिर ल्याउनको लागि मद्दत पुग्ने पनि इन्सेकको ठहर छ ।

त्यस्तै टीकापुर घटनाको सन्दर्भमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिबाट उठाइएको प्रश्नकोे निरूपणको लागि निष्पक्ष छानबिन हुने जनाउँदै थरुहट/थारुवान संयुक्त संघर्ष समिति संग छानविनको लागि सहयोगको लागि आग्रह पनि विज्ञप्ती मार्फत गरिएको छ ।

टीकापुर घटनाको क्रममा ८ प्रहरीसहित दुई वर्ष बालक टेकबहादुर सावदको गोली लागि ज्यान गएको थियो । तर इन्सेकद्वारा प्रकाशित पुस्तकमा गोली लागि ज्यान गुमाएका सावदको हत्या थरुहट आन्दोलनकारीबाट भएको भनेपछि विरोध सिर्जना भएको हो । उक्त विषयलाई लिएर थरुहट/थारुवान संयुक्त संघर्ष समिति बुधबार एक प्रेस विञप्ती जारी गरी इन्सेकप्रति विरोध जनाएको थियो । संघर्ष समितिले इन्सेकलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन सच्याउन अल्टीमेटमसहित सामाजिक वहिष्कार गर्ने चेतावनी पनि दिएको थियो ।

संघर्ष समिति कैलालीका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले टीकापुरमा प्रहरी र आन्दोलनकारीबीच भएको दोहोरो झडपको क्रममा आन्दोलनकारी संग घरेलु हतियार मात्रै भएकोले बालकको मृत्य प्रहरीको गोली लागेर भएको दावी गरे ।

यो पनि पढ्नुस्:

इन्सेकलाई १५ दिनभित्र प्रतिवेदन सच्याउन थरुहटको अल्टिमेटम

इन्सेकको प्रतिवेदन १५ दिनभित्र नसच्याए प्रतिकार गर्ने थारु युवा स्वयंसेवकको चेतावनी (विज्ञप्ती)

Press-release-Insec

Leave a Reply

Your email address will not be published.