महाधिवेशन प्रतिनिधिमा हारे सांसद सुरेन्द्र चौधरी

Surendra Chaudhary

पर्सा कांग्रेसका जिल्ला सभापति एंव सांसद सुरेन्द्र चौधरी पार्टीको तेह्रौं महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पर्साको ४ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडेका चौधरी पराजित भएका हुन्।

२ सय २६ मतदाता रहेको उक्त क्षेत्रमा सोमबार भएकाे निर्वाचनमा चौधरीले जम्मा ३४ मत ल्याएका थिए।

सांसद चौधरीले आफ्नो समूहले नै चुनाव बहिष्कार गरेकोले पुनःनिर्वाचन गर्न केन्द्रीय निर्वाचन कमिटीमा आफूले उजुरी दिएको बताए। संविधान सभाकाे चुनाव (२०७०) मा चाैधरीले साेही क्षेत्रबाट सभासद् निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published.