ओलीलाई दिल्लीमा कालो झन्डा देखाउने मधेसी थारुलाई जेलमा हालियो

kalo-jhanda-1प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाएका थारु मधेशी विद्यार्थीलाई दिल्ली प्रहरीले जेल चलान गरेको छ । शान्ति सुरक्षा खल्बलाएको आरोप लगाउँदै ती विद्यार्थीहरुलाई दिल्लीमै रहेको तिहार जेलमा पठाएको छ। भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई उनीहरुले एयरपोर्ट बाहिर कालो झण्डा देखाएका थिए।

त्यसपछि साँझमा भारतस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन गएका प्रधानमन्त्री ओलीलाई सोही विद्यार्थीहरुले पुनः कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने क्रममा करिब दुई दर्जन विद्यार्थीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।

प्रकाउ गरेका उनीहरुलाई त्यहीको थानामा राखिएको थियो। शनिबार उनीहरुलाई अदालतको आदेशमा फागुन ११ गतेसम्मका लागि जेल पठाएको छ। उनीहरुमाथि आइपीएस १०७ र १०५ को चार्ज लगाएको छ।

पक्राउ परेका मधेशी–थारुहरुको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा प्रदर्शन सुरु भएको छ। दिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा २२ जना मधेशी–थारु विद्यार्थीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। उनीहरुको रिहाईको माग गर्दै जनकपुरसहितको शहरमा प्रदर्शन सुरु भएको छ ।

आइतबार बीरगञ्ज तथा विराटनगरमा मधेशीहरुले भारतीय बाणिज्य दुतावास अगाडि प्रदर्शन गर्नेछन् । त्यस्तै आइतबार काठमाडौंमा पनि रिहाईको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने तयारी हुँदैछ।

Leave a Reply

Your email address will not be published.