नेपाल दक्षिण एसियाको तेस्रो र विश्वको पन्ध्रौं भ्रष्ट देश

transparency-internationalनेपालमा भ्रष्टाचारजन्य गतिविधि बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५’ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ। अफगानिस्तान एक नम्बर र बंगलादेश दुई नम्बरमा परेका छन्।

‘भ्रष्टाचार मौलँदो छ तर २०१५ मा केही आशा देखिएका छन्’ शीर्षक रिपोर्टले अघिल्लो वर्षबाट ४ स्थान झर्दै नेपालले २७ अंकसाथ सय र्यां कमा १ सय ३० औं स्थान बनाएको जनाएको छ। यो क्षेत्रको सबभन्दा कम भ्रष्ट मुलुक भुटानले १ सय ६८ देशमा २७ र्यांयकसहित ६५ अंक बनाएको छ।

अघिल्लो वर्ष नेपाल २९ अंकसाथ १ सय २६ औं स्थानमा थियो। प्रतिवेदनका अनुसार नेपाल १५औं भ्रष्ट मुलुक हो र यसो हुनुमा कमजोर शासन र राजनीति जिम्मेवार छ।

दक्षिण एसियामा भुटानपछि भारतको ३८ अंकसाथ दोस्रो र्यांतक छ। त्यस्तै, श्रीलंका ३७ अंकसाथ तेस्रो र ३० र्यां्कका साथ पाकिस्तान चौथो स्थानमा छ। रिपोर्टले माल्दिभ्सलाई भने समावेश गरेको छैन।

‘गत वर्ष जुनजुन सूचकांकले भ्रष्टाचार बढाउने काम गरेका थिए, ती अझ मजबुत भएको यो वर्षको प्रतिवेदनमा देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष भरतबहादुर थापाले भने, ‘यसबाट नेपाल पछाडि धकेलिएको देखिन्छ।’

अध्ययनमा संलग्न पाँच संस्थाले नेपाललाई फरकफरक अंक दिएका छन्। २०१५ मा बर्टेल्सम्यानले २३, विश्व बंैकले ३५, वर्ल्ड इकोनोमीले ३३, जस्टिस प्रोजेक्टले २४ र ग्लोबलले २२ अंक दिएका छन्।

गत वर्ष फाउन्डेसनले २८, विश्व बैंकले ३५, इकोनोमी फोरमले ३१, जस्टिस प्रोजेक्टले ३१ र ग्लोबलले २२ अंक गरी २९ औसत अंक प्राप्त गरेको थियो।

यस वर्षको तथ्यांकमा ९१ अंक प्राप्त गर्दै डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ। सोमालिया र उत्तर कोरिया ८ अंक प्राप्त गर्दै पुछारमा छन्। उनीहरु १६७ स्थानमा छन्। ग्रिस सेनेगल र बेलायत गत वर्षभन्दा उँभो लाग्दैछन् भने अस्टे्रलिया, ब्राजिल, स्पेन र टर्की भ्रष्टाचार वृद्धि गर्दै आएका छन्।

प्रतिवेदनले नेपालको निजामती सेवालाई राजनीतिबाट बाहिर राख्ने प्रमुख चुनौती रहेको समेत औंल्याएको छ।

सन् २०१३ मा केही सुधार गर्दै नेपालले ११६ औँ स्थान हासिल गरेको थियो भने २०१४ मा १० स्थान तल झर्दै १२६ मा पुगेको थियो।

‘उच्च तहमा हुनेहरूले शक्ति दुरुपयोग गर्दा ठूला भ्रष्टाचार हुने गर्छन्, यसले धेरैको खर्चमा केही सीमितलाई मात्र लाभ पुर्या्उँछ,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘यसले व्यक्ति र समाजमा गम्भीर र भयावह क्षति पुर्याीउँछ तर यस्तोमा दोषीले मुस्किलले सजाय पाउँछन्।’

प्रतिवेदनका अनुसार नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ र यो एउटा भ्रष्ट मुलुक बन्न पुग्यो। संघर्ष र द्वन्द्व, कमजोर शासन, कमजोर सार्वजनिक संस्थाजस्तो प्रहरी, न्यायालय र सञ्चारमा स्वतन्त्रता कमीजस्ता पक्षले कम र्यांदक हुने ट्रान्सपरेन्सीले जनाएको छ।

उच्चता हासिल गर्ने राष्ट्रले केही महत्वपूर्ण गुण देखाएको प्रतिवेदनमा उल्लेख छ। प्रेस स्वतन्त्रताको बलियो स्थिति, बजेट सूचनामा पहुँच, ता कि पैसा कहाँबाट आउँछ र कसरी खर्चिइन्छ भन्ने सर्वसाधारणले थाहा पाऊन्। साथै, धनी–गरिबमा न्यायालयले भेदभाव नगरोस्। अनि, सरकारका अन्य पक्षबाट समेत न्यायालय साँच्चिकै स्वतन्त्र होस्।

ट्रान्सपरेन्सीका अनुसार जर्मनीको बर्लिनस्थित संस्थाले अनुगमन गर्ने भ्रष्टाचार परसेप्सन्स सूचकांकले भ्रष्टाचारबारे शून्यदेखि सय अंकसम्म राखेर देशभित्रकै सीमाको मापन गर्छ। धेरै अंक ग्रहण गर्ने देश कम भ्रष्ट तथा कम अंक ल्याउने बढी भ्रष्टमा अंकित हुन्छन्। ५० भन्दा मुनिको अंक ल्याउने उच्च भ्रष्ट तथा सय ल्याउने ‘स्वच्छ’ मानिन्छन्।

Leave a Reply

Your email address will not be published.