कैलालीको भैंसासुरमा बृहत थारू सांस्कृतिक महोत्सव हुने

Saidan Namuna Tharu Gram_Dang-5कैलालीको उदासीपुर–२ भैंसासुरमा बृहत थारू साँस्कृतिक महोत्सव २०७२ हुने भएको छ । मसुरिया, उदासीपुर, बसौटी र गदरिया गाविस स्तरीय महोत्सव मुल आयोजक समितिको संयुक्त आयोजनामा माघ २४ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

महोत्सव मुल समिति संयोजक खुशीराम चौधरीले थारू लोपोन्मुख कला, संस्कृती, खानपानलगायतको संरक्षण सम्बद्र्धन तथा अधिकार प्राप्तीको लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । उनले महोत्सवमा थारू समुदायको लोपोन्मुख मुंग्राहुवा, कठ्घोरी, माँगर, सखिया, झुम्रालगायतको प्रस्तुती संगै थारु समुदायको विवाह संस्कार अन्तरगत डोलाडोली बनाउने, डिउली डर्नालगायत चाल चलनको पनि प्रस्तुती हुने बताए ।

यतिमात्रै नभई महोत्सवको माध्यमबाट अधिकारबाट विमुख थारू समुदायलाई सचेतीकरण गर्ने र सरोकारवाला निकायलाई खबरदारी गर्ने पनि जनाइएको छ । त्यस्तै उक्त तीन दिने महोत्सव अवधीमा साँस्कृतिक झाँकी, थारु क्यालेण्डरको प्रदर्शन गरिनुको साथै राष्ट्रिय तथा स्थानीय कलाकारहुकनको विजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैबीच महोत्सवलाई सफल र व्यवस्थित पार्न खुसीराम चौधरीको संयोजकत्वमा २५ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । जसको उपसंयोजकमा तिर्थ चौधरी, सचिवमा हिंगुराज चौधरी, कोषाध्यक्षमा पतिराम चौभधरी, सहसचिवमा मायाकुमारी चौधरीलगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.