दलहरुको पहलप्रति न्यायालयको चासो हुँदैन : प्रधानन्यायाधीश

काठमाडौ‌- प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतको फैसलाविपरीत संविधा नसभा पुनःस्थापना गर्न राजनीतिक दलहरूले गर्दै आएको पहलप्रति न्यायालयको कुनै सरोकार नरहेको बताएका छन्।

भुटानका प्रधानन्यायाधीश लिन्पो सोनाम टोबग्याईको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने त्यहाँको भ्रमण सकी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधानलाई सर्वोपरी मानेर जनभावना बमोजिम फैसला गर्नुपर्ने भएकाले यस विषयमा बोल्नु उचित नहुने उल्लेख गरे।

भुटानको न्यायालयमा भएको फैसला कार्यान्वयनको तीव्रताबाट आफू निकै प्रभावित भएको चर्चा गर्दै प्रधानन्यायाधीश रेग्मीले त्यहाँको अदालतमा दर्ता भएका मुद्दा एक वर्षभित्रै किनारा लगाउन गरिएको अथक प्रयास, मेहनत र सरल स्वरूपको फैसला कार्यान्वयन पद्धति हाम्रा लागि अनुकरणीय रहेको छ भने।

भ्रमणका क्रममा त्यहाँको सर्वोच्च अदातल र उच्च अदालतका पदाधिकारीसँग दुई देशबीचको न्यायपालिकाको काम र द्विपक्षीय सहयोग बारे छलफल गर्नुका साथै वाङ्दी जिल्लास्थित पुनाछागछु नदीमा निर्माणाधीन एकजार २०० मेगावाट क्षमताको जलविद्युत् परियोजनाको स्थलगत अवलोकन गरिएको पनि प्रधानन्यायाधीश रेग्मीले बताए। रासस

Leave a Reply

Your email address will not be published.