विश्वकपमा नेपालको पहिलो जित, न्युजिल्याण्ड ३२ रनले पराजित

Nepal Cricketबंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

२३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन बनाउन सक्यो । नेपाली बलर दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए भने सुनिल धमला र सन्दिप लामिछानेको खातामा पनि १–१ विकेट परेको छ ।

न्यूजिल्यान्डका ब्याट्स्म्यान ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन बनाएर आउट भए भने जोश फिनीले ३७ रन बनाएका थिए । उच्च स्कोर बनाउने दुवैको विकेट तामाङले झारेका हुन् ।

पहिलो ब्याटिङ गरेको नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ओपनर सन्दीप सुनार ६७ बलमा ३९ रन बनाए भने अर्का ब्याट्स्म्यान आरिफ शेखले पनि ३९ रन बनाउन सफल भए । नेपालका लागि कुशल भुर्तेलले पनि महत्वपूर्ण ३५ रनको योगदान गरे ।

न्युजिल्यान्डका नाथन स्मिथले नेपालको ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published.