‘एक व्यक्ति एक सय अभियान’

Mahabir Chaudhary

थारु युवा स्वंयसेवकले एक व्यक्ति एक सय रुपैयाँ अभियान सञ्चालनमा ल्याएको छ। थरुहट आन्दोलनका घाइतेहरुलाई सहयोग गर्न र राजनीतिक जनचेतनाका अभियान, प्रशिक्षण, तालिम पनि सञ्चालन गर्न अभियानको थालनी गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले जानकारी दिए। यो अभियानले थरुहट आन्दोलनबाट गिरफ्तारी परेकाहरुका लागि वकिल खर्चलगायत आन्दोलनका क्रममा घाइते भएकाहरलाई उपचार पनि सघाउनेछ।

‘नेपालको तराई क्षेत्रमा विगत ५ महिनादेखि थरुहट-मधेस आन्दोलन चलिरहेको छ। यति लामो आन्दोलन चलिरहँदा पनि सरकार गम्भीर छै। आर्थिक कमजोरीकै कारण थरुहट आन्दोलनबाट गिरफ्तारी परेका साथीहरु करागारमा कष्टकर जीवन बिताइरहनुभएको छ। पुस-माघको जाडोमा उहाँहरु बिना कम्बल रात गुजार्नुपरेको छ। मानवको एउटा सामान्य बाँच्न पाउने अधिकारबाट उहाँहरु वञ्चित हुनुभएको छ। उहाँहरुको स्थानमा हामी स्वयं भएको भए कति दु:ख-कष्ट व्यहोर्नुपर्थ्यो कल्पना गर्न सक्छौं,’ संयोजक चौधरीले भने।

आर्थिक कमजोरीकै कारण आन्दोलनमा घाइते भएका साथीभाइ दिदीबहिनीहरु हालसम्म सामान्य उपचारबाट वञ्चित हुनुपरेको उनको भनाई छ। आन्दोलनमा मुद्दा लगेकोहरुको लागि वकिल खर्च पनि ब्यवस्था गर्न नसकेको अवस्थामा आन्दोलन गुज्रिरहेको उनले बताए।

सय रुपैयाँ ठूलो रकम नभएको बताउँदै उनले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्। अभियानलाई देश र विदेश दुबैतिर चलाइएको उनले बताए। जसअनुसार एक हप्तामा नगद र बैंकको खातामा गरी २९ सय जम्मा भएको छ। ‘तपाईंको १०० रुपैयाँले आन्दोलनका घाइतेहरुका लागि जीवनदान बन्न सक्छ। एक व्यक्ति एकसय रुपैयाँ अभियानलाई गाउँगाउँ बस्तीबस्तीमा पुर्‍याउन सम्पूर्ण मित्रहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौं,’ चौधरीको आग्रह थियो।

यो अभियानका लागि ‘थारु युवा स्वयंसेवक’का इन्दु चौधरीको संयोजकत्वमा ५ सदस्यीय आकास्मिक राहत कोषको स्थापना गरिएको छ। यो कोषले नेपालभरिका आन्दोलन पीडितलाई सेवा उपलब्ध गराउने दाबी चौधरीले गरे।

यो अभियानमा सहभागी हुन तल उल्लेखित विस्तृत जानकारी हेर्नुहोस्:

खातावालाको नाम : इन्दु चौधरी र वीरेन्द्र चौधरी

बचत खाता नम्बर : ०५०६००००८०४४५२४

बैंकको नाम : बैंक अफ काठमाडौं

स्विफ्ट कोड : BOKLNPKA (आवश्यक परेमा)

[नोट: नेपालको कुनै पनि जिल्लाबाट रकम जम्मा गर्दा अतिरिक्त शुल्क लाग्दैन]

विस्तृत जानकारी लागि

इन्दु चौधरी (संयोजक)- फोन : ९८४८६९५०४७, वीरेन्द्र चौधरी- फोन : ९८४८४४२६७२, मदन चौधरी (सञ्चारकर्मी)- फोन : ९८४१५६७४८७, गीता चौधरी- फोन : ९८५१००२०६५, महावीर चौधरी- फोन : ९८६८२४८३५८- इमेल: [email protected], अशिष चौधरी (सञ्चारकर्मी)- फोन : ९८४१८८९७६६

Leave a Reply

Your email address will not be published.