कुकुरसँग बच्चाको बिहे!

santhals_145311754631_650_011816053154

भारतीय राज्य छत्तीसगढको कोरबा–बाल्को मार्गमा सन्थाल आदिवासीहरूको एउटा गाउँ छ। गाउँका सन्थालको एउटा अनौठो परम्परा छ, गाउँका केटाकेटीको बिहे कुकुरसँग गराइदिने। हरेक वर्ष मकरसंक्रान्तिमा कुकुरसँग केटाकेटीको धुमधामसँग बिहे गरिदिने चलन गाउँमा छ। मृत्युदोषबाट बचाएर केटाकेटीलाई दीर्घायु हासिल हुने विश्वासका साथ हरेक वर्ष मकरसंक्रान्तिमा यस्तो बिहे गर्ने गरिन्छ।

‘केटाकेटीको दाँत पलाउन थालेपछि उनीहरूको मृत्यु हुने जोखिम बढी हुन्छ’ भन्ने यी आदिवासीको विश्वास छ। मृत्युदोषबाट केटाकेटीलाई बचाउन उनीहरूले कुकुरसँग आफ्ना छोराछोरीको लगनगाँठो कसिदिने गरेका छन्। दाँत उमि्रन थालेपछि र पाँच वर्षको उमेरसमूहका केटाकेटीको यसरी बिहे गरिदिने चलन छ। कुकुरसँग बिहे गरिदिँदा खराब ग्रह टर्ने र केटाकेटीको अल्पायुमै मृत्यु नहुने गाउँलेहरूको विश्वास छ,’ समाचारमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.