सीके राउत र जयकृष्णको पक्षमा हामी छैनौं : लेखी

Lekhiथारु-मधेसीका जायज मागलाई सरकारले सम्बोधन नगरे चलिरहेको आन्दोलन वर्षौ चल्नसक्ने थारु नेता एवं नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वअध्यक्ष राजकुमार लेखीले बताएका छन्। प्रवासी थारु समाज युएईको चौथो वार्षिक भेला तथा समाजले दुबईमा गरेको माघी विशेष कार्यक्रमका लागि युएई आएका नेता लेखीले देशलाई टुक्राउने सीके राउतको सिद्दान्त र मधेसलाई स्वतन्त्र छुट्टै देश बनाउने जयकृष्ण यादवको पक्षमा आफूहरु नरहेको बताए।

थारुका जायज मागलाई शान्तिपूर्ण आन्दोलनमार्फत सम्बोधन नगरिए देशभित्र बसेरै आफूले वर्षौं आन्दोलन जारी राख्ने उनले बताए। आदिवासी जनजाती साम्प्रदायिक र अराजकतामा विश्वास नगर्ने भन्दै आफूहरु मुलधारको आन्दोलनको पक्षमा रहेको नेता लेखीले बताए।

आदिवासी जनजाति कुनै अन्य जातिको अधिकार खोस्न नभई २ सय ५० वर्ष पुरानो एकल जातीय अधिकार र केन्द्रिकृत राज्यको बिरोधमा रहेको भए पनि बाहिर भ्रमपूर्ण प्रचार गरिएको उनले बताए।

आइतबार युएईमा लेखीले आफू नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष हुँदादेखि आफूलाई मधेसको कट्टुविरोधी भनिए पनि आफूले एक मधेस एक प्रदेशको मात्र विरोध गरेको बताए।

नेता लेखी गएको शुक्रबारदेखि युएईमा रहेका थारु तथा आदिवासी संघसंस्थाले आयोजना गरेका विभिन्न अन्तर्कृया कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published.