दाङ एमाले कार्यालयमा कुटाकुट, मेटमणि चौधरी कुटिए

Metmani-Chaudhary

एमाले दाङका कार्यकर्ताहरुबीच जिल्ला पार्टी कार्यालयमा कुटाकुट भएको छ। जिल्ला कमिटीको तीन दिनदेखि जारी बैठकका क्रममा पार्टी कार्यालय हाताभित्र जम्मा भएका नेताहरुबीच हात हालाहाल भएको हो। एमाले दाङ जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ र रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाबीच हात हालाहाल भएको थियो।

त्यस क्रममा केन्द्रीय सदस्य मेटमणी चौधरीमाथि पनि प्रहार भएको जिल्ला अध्यक्ष जोगबहादुर रानाले बताए। हात हालाहाल भएपछि प्रहरीले बुढालाई नियन्त्रणमा लिएको छ। जिल्ला सदस्य मनोनयन र जिल्ला अधिबशेन तयारीका लागि तीन दिनदेखि बैठक बसिरहेको छ।

बैठकमा सदस्य मनोयनका सम्बन्धमा सहमति जुट्न सकेको छैन। जिल्ला सदस्यहरुबीच विवाद भएपछि बैठक लम्बिइरहेको बेला हात हालाहालको स्थिती आएको हो। बैठकमा केन्द्रीय सदस्यहरु खेममान खड्का, गुलाबजंग शाह र मेटमणि चौधरी सहभागी छन्।

Leave a Reply

Your email address will not be published.