खुलामञ्चमा माघी महोत्सव हुने, प्रवेश निशुल्क

Press Reakese

विभिन्न स‌घसंस्था आबद्ध रहेको मूल आयोजक समितिले खुला मञ्चमा माघी महोत्सव मनाउने भएको छ। यसअघि भृकुटिमण्डप भनिएपनि मूल आयोजक समितिले खुलामञ्चमा गर्ने निर्णय गरेको छ। यसका लागि काठमाडौं‌ महानगरपालिकासँग स्विकृति पनि लिइसकिएको मूल आयोजक समितिका संयोजक चन्द्र प्रसाद चौधरीले बताए। उनका अनुसार महोत्सवमा प्रवेश निशुल्क बनाइएको छ। बुधबार बसेको बैठकले ५२ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ। समितिमा थारु समुदायका २१ वटा स‌घसंस्था आबद्ध छन्। कार्यक्रम सफल पार्न विभिन्न ११ वटा उपसमिति पनि बनाइएको छ।

संयोजक चौधरीका अनुसार आर्थिक, मञ्च व्यस्थापन, भोलेन्टियर, प्रचार प्रसार, अतिथि सत्कार, संस्कृति, झाँकीलगायत उपसमिति बनाइएको छ। उनका अनुसार स्टल लिनेहरुले ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। जोकोहीले पनि स्टल लिएर ब्यापार गर्न सक्ने चौधरीले बताए।

उनका अनुसार प्रमुख अतिथिमा नयाँ शक्तिका अगुवा डा बाबुराम भट्टराईलाई बोलाउने तयारी छ। उनको विकल्पमा संस्कृतिविद् सत्यमोहन जोशीलाई पनि राखिएको उनले बताए। विशेष अतिथिमा अभिनेता राजेश हमाललाई ल्याउने तयारी भएको संयोक चौधरीले बताए।

कार्यक्रममा थारु नेताहरुको उपस्थिति रहनेछ। महोत्सवको विशेषतामा थारु परिकार र थारु संस्कृति झल्किने नृत्य रहेको उनले बताए। उनका अनुसार थारुका परिकारहरु घोङी, गंगटा, ढिकरीलगायतका परिकार महोत्सवमा रहनेछ। त्यस्तै थारु समुदायमा प्रचलनमा रहेको गीतसंगीत पनि प्रस्तुत गरिनेछ।

 

tharu maghi

Leave a Reply

Your email address will not be published.