थारु संघसंस्था ताला लगाइयो

आन्दोलनमा सहयोग नगरेको भन्दै दाङका विभिन्न थारु संस्थाहरुमा ताला लगाइएको छ। आन्दोलनमा समर्थन नगरेको भन्दै ती संस्थाहरु बन्द गरिएका हुन्। दाङमा सञ्चालित बेस नेपाललगायतका संस्थामा ताला लगाइएको छ। बेस नेपाल नेपाली कांग्रेसका सभासद् डिल्लीबहादुर चौधरीले सञ्चालन गर्दै आएका छन्। 

सीमांकनको विरोध गर्दै थारुहरु विगत एक महिनादेखि आन्दोलनरत छन्। थारुहरुले कैलाली-कञ्चनपुर थारु बाहुल प्रदेशमा मिसाउनुपर्नेलगायतका माग अघि सार्दै आन्दोलनरत छन्।

Leave a Reply

Your email address will not be published.