थारु भाषाको सप्ताहिक ‘लौव अग्रासन’ आठौं वर्षमा

Lauwa AGrasan

सन्तोष दहित

दाङ- दाङको सदरमुकाम घोराहीवाट प्रकाशित हुदै आएको एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको छ। शुक्रवारको दिन चियापान तथा अन्तरक्रित्मका कार्यक्रमको आयोजना गरी सातौं वार्षिकोत्सवम मनाइएको छ।

थारु बुद्धिजीबी एवं पत्रिकाका प्रधान सम्पादक केवि चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका सल्लाहकार एवं गणतन्त्र दैनिका पत्रिकाका प्रकाशक/सम्पादक सविन प्रियाशन चौधरी प्रमुख आतिथ्यमा बोल्ने बक्ताहरुले लौव अग्रासन साप्ताहिकले थारु भाषा, कला, सस्कृतिको संरक्षण प्रवद्धन गर्दै आफ्नो मिसनलाई अगाडी बढाइरहेको प्रंसशा गर्दै पत्रिकोको निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सल्लाहकार सविन प्रियाशन चौधरीले पत्रकारिताको मर्यदा कायम राख्दै व्यवसयीक बनाउनुपर्नेमा जोड दिए। यसैगरी प्रियाशनले पत्रिकालाई नियमित प्रकाशनमा ल्याउने आफै चूनौति हुँदाहुँदै पनि थारु भाषाको पत्रिका यहाँसम्म आउनु नै सबैभन्दा ठूलो उपलब्धी भएको बताएका थिए।

अरु पत्रिकालाई जति प्रकाशनमा ल्याउन सजिलो छ त्यो भन्दा दोब्वर कठिनाई र समस्या अग्रासन साप्ताहिकलाई भएको प्रियाशनले बताए। यसैगरि यसलाई अझै व्यापक बनाउनको लागि पत्रिकालाई अनलाइन, वेसाइटमा पनि विस्तार गर्नसके संसारभिरका मानिसलाई थारु भाषा, कला, सस्कृतिको अध्ययन गर्नेमा सहयोग पुग्ने प्रियशानले सुझाव दिए।

यसैगरी राप्ती पोष्ट दैनिकका प्रकाशक/सम्पादक अन्य पत्रिको तुलनामा लौव अग्रासन साप्ताहिकको मिसन फरक रहेको प्रंसशा गरे। उनले यो पत्रिकालाई निरन्तरता दिन सके भाबी पुस्तालाई फाइदा पुग्ने बताए। लौव अग्रासनकै कारणले दाङमा थारु पत्रकारहरुको संख्या बढिरहेको उल्लेख गर्दै यसले थारु समुदायमा लेख्ने र अध्ययन गर्नमा पनि सहयोग पुर्‍याइरहेको बताउदै पत्रिकाको व्यसायीकता र मिसनको सफलताको शुभकामना दिए।

कार्यक्रममा थारु पत्रकार संघका सल्लाहकार लक्ष्मीमान चौधरी, शालिकराम चौधरी, थारु पत्रकार संघका सचिव सुनिता चौधरी, युवा सञ्जाल दाङका महासचिव अरुण पन्थी, नया युगवोध दैनिकका उदय विसी, थारु विद्यार्थी समाज दाङका पुर्व अध्यक्ष अशोक चौधरी नविन चौधरी लगायतले बोल्नुभएकोथियो भने कार्यक्रको सहजीकरण पत्रिकाको प्रकाशक/सम्पादक सन्तोष दहितले गरेका थिए।

Leave a Reply

Your email address will not be published.