सप्तरीमा १३ जिल्लाका नेताहरुको अन्तर्क्रिया, केन्द्र सुस्ताएको आरोप

Tharu Prgm SAptari

थारु आन्दोलनलाई सशक्त बनाउन सप्तरीको कदमाहामामा अन्तर्क्रिया सम्पन्न भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीले आयोजना गरेको कार्यक्रममा १३ जिल्लाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा थारु आन्दोलनलाई उचाइमा पुर्‍याउन नेता राजकुमार लेखीले अवधारणा पत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा पर्साका प्रतिनिधि बृजमोहन चौधरीले तराईमा दुई वा तीन जति प्रदेश बनाए पनि थारुको हक अधिकार सुनिश्चित हुनुपर्ने बताए। उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने, समानुवातिक समावेशिता सुनिश्चित हुनुपर्ने माग अगाडि सारे।

त्यस्तै सुनसरीका प्रतिनिधि पुनितलाल चौधरीले केन्द्रीय नेताहरुकै कारण आन्दोलन कमजोर भएको बताए। उनले आन्दोलनमा स्थानीय नेताहरु अजै सक्रिय रहेको बताउँदै केन्द्रीय नेताहरु कमजोर भएको बताए। ‘गाउँका थारु अझै आन्दोलनमा होमिरहेका छन्। आन्दोलन गर्न तयार छन्। तर थारु नेतृत्वकर्ताहरु कानमा तेल हालेर बसेको छ। यस्तो आन्दोलनले सफलतामा पुग्न सकिँदैन,’ उनले भने।

कार्यक्रममा उदयपुरका प्रतिनिधि प्रदीप चौधरीले पनि केन्द्रका नेताहरु सुस्ताएको आरोप लगाए। उनले थारु आन्दोलनलाई व्यवस्थित र सकारात्मक बनाउन केन्द्रले नै कार्ययोजना बनाउनुपर्ने बताए।

 

Leave a Reply

Your email address will not be published.