थारु कल्याणकारिणी सभाका नेताहरु आन्दोलनका घाइते भेट्दै

Rajkumar Lekhi at Siraha

थारु कल्याणकारिणी सभाको एक टोली सप्तरीका घाइतेहरुसँग भेटघाट गरेको छ। तराई मधेसमा जारी आन्दोलनबाट घाइते भएका आधा दर्जनको घरमा गइ सभाका पदाधिकारीहरुले भेटघाट गरेका हुन्। गत आइतबार स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। दर्जन बढी घाइते भएका थिए। तिनै घाइतेमध्ये सभाका पदाधिकारीहरु रामेशवर मण्डल, रघु, महेन्द्र, कुशेश्वर मण्डल, रामप्रसाद मण्डलको घरमा गइ उनीहरुको स्वास्थ्यबारे जानकारी लिएको सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले जानकारी दिए।

भेटका क्रममा लेखीले इतिहासकै लामो आन्दोलनमा सप्तरीको योगदान ठूलो रहेको बताए। उनले राजीव राउत पनि यहीँबाट सहादत प्राप्त गरेको उल्लेख गर्दै सप्तदरीको भारदहलाई इतिहासले ठूलो मूल्यांकन गर्ने बताए।

उनले तीनटा नेताले ९० प्रतिशत जनता संविधानको पक्षमा रहेको भन्दै जनता ठग्ने काम गरेको बताए। ‘तीनटा नेताले अनुशासनको डन्डा देखाएर संविधानभालाई कठपुतली बनाए। सभासद्हरु कठपुतली बनाए,’ लेखीले भने, ‘त्यसकारण यो संविधान ९० प्रतिशतको होइन, तीनटा नेताले बनाएको संविधान हो।’

उनले थारु मधेसीहरुसँग अर्को एक वर्ष आन्दोलन गर्ने क्षमता भएको बताए। विभेद्का अन्त्य नभएसम्म आन्दोलन जारी राख्नेसमेत उनले बताए। ‘आन्दोलनकारी अझै थाकेका छैनन्। उनीहरु अर्को एक वर्ष आन्दोलन गर्न तयार छन्,’ लेखीले भने, ‘जुन दिन थारु मधेसी मुस्लिम दलितहरु सडकमा निस्किन्छ त्यो दिन राणा र पञ्चायती शासनजस्तै यी तीनटा नेताको हविगत हुन्छ।’

Leave a Reply

Your email address will not be published.