दुई आन्दोलनकारीको मृत्युपछि सप्तरीमा कर्फ्यू आदेश, स्थिति तनावग्रस्त

Tharu protest

स्थानीय प्रशासनले आन्दोलनकारीले गोली र पेट्रोल बम प्रहार गरेपछि जवाफी कारबाही गरेको बताएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकपछि जारी विज्ञप्तीमा सुरक्षाकर्मीमाथि चौतर्फी आक्रमण भएको उल्लेख छ।

‘भारदह, रुपनी तथा विसनपुर चोकमा सयौंको संख्यामा आन्दोलनकारीले इलाका प्रहरी कार्यालय तथा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि चौतर्फी आक्रमण गरेपछि स्थिति असामान्य भएको हो,’ विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनकारीले प्रहरीमाथि गोली र पेट्रोल बमसमेत प्रहार गरेको छ।’

त्यस्तै दुई आन्दोलनकारीको मृत्यु र सुरक्षा चुनौती थपिएपछि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि सप्तरीको भारदह र रुपनी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि अनिश्चितकालीन कफ्यू आदेश जारी गरेको हो। जिल्ला प्रहरी कार्यालयले सप्तरीका सञ्चारकर्मीलाई इमेलमार्फत् कर्फ्युबारे जानकारी गराएको थियो।

रुपनी क्षेत्रमा रुपनी बजारदेखि पूर्व जगमोहन चौकसम्म र पश्चिम शम्भुनाथ नगरपालिकाको गेटसम्म कर्फ्यु जारी गरीएको छ। उत्तर-दक्षिणतर्फ रुपनी चोकदेखि ५-५ सय मिटर क्षेत्रमा कर्फयु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

भारदहमा कंकालनी मन्दिरदेखि ५ सय मिटर पूर्व, पश्चिममा महुली पुल, उत्तरमा पोर्ताहा गाविस भवनसम्म र दक्षिणमा सकरदही नहरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरीएको छ।

प्रदर्शनकारीहरु कर्फ्यू अवज्ञा गरिरहेकाले स्थिति तनावपूर्ण भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.