बर्दिया थारु पत्रकार संघ पुनर्गठन

TJA bardiya

कात्तिक २९ गते भएको थारु पत्रकार संघ बर्दियाको पहिलो अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा सरम चौधरी सर्वसम्मतबाट निर्वाचत भएका छन्। थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो।

अन्य पदाधिकारीमा उपाध्यक्ष मेनका थारु, सचिव भागिराम चौधरी, कोषाध्यक्ष, होमकुमार चौधरी, सहसचिव आरती थारु, सदस्य मिना थारु, जनक थारु रहेका छन्। यसैगरी सल्लाहकारमा एकराज थारु, मानबहादुर चौधरी, तुलाराम थारु, प्रभु थारु, पुष्पा थारुलाई चयन गरिएको छ।

यसैगरी, थारु पत्रकार संघ कपिलबस्तुको पहिलो अधिवेशन आगामी मंसिर २६ गते गजेहडामा गरिने तय भएको जिल्ला अध्यक्ष सिताराम चौधरीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published.