५ हजार ५ सय नेपालीलाई कोरियाले दियो ‘लेबर कन्ट्रयाक्ट’

यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जान योग्य रोस्टर सूचीमा रहेकामध्ये ५ हजार ५ सय नेपाली कामदारको श्रम सम्झौता भएको बताए ।

‘यो वर्ष नेपाली कामदार लैजान कोरियाले विशेष चासो देखाएको छ । त्यसैले साढे ५ महिनाको अवधि मै अघिल्ला वर्षहरु भन्दा उच्च दरमा कामदारको कन्ट्रयाक्टहरु प्राप्त भइरहेका छन्,’ बास्तोलाले भने- ‘साढे ५ महिनामै ५५ सयको समझौता प्राप्त भएको यो पहिलो पटक हो ।’

कोरियाले फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको थयो । कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फकका कामदार छान्ने क्रम तीब्र पारेको छ ।

विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको निर्देशक बास्तोलाले बताए ।  कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।

कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । हालसम्म दक्षिण कोरियामा इपीएसमार्फत् ३५ हजार बढी हजार नेपाली कामदार पुगिसकेका छन् ।

महिनामा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्याधिक छ । त्यसैकारण ३१ सय कोटा तोकिएको यो वर्ष साढे ६० हजार युवाले भाषा परीक्षा दिँदैछन् ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.