मध्यरातमा गोली चल्दा सप्तरीमा दुई आन्दोलनकारीको मृत्यु

dead body saptari protest

सप्तरीमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको बताइएको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार गाढा-९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा-७ का नागेश्वर यादवको मृत्यु भएको हो।

भारदह र रुपनीमा यी दुईको गोली लागेको र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको सुवेदीले बताए। अन्य २० जनालाई गोली लागेको र उनीहरुको उपचार बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको सुवेदीले बताए।

‘हामीले स्कर्टिङ गरेर बस ल्याउने क्रममा आन्दोलनकारीहरु हामीमाथि नै जाइलागे,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘रक्षात्मक कारबाहीमा दुबैको ज्यान गयो।’ मध्यरात करिब १२ बजे घटना भएको उनले बताए।
पूर्वघोषित कार्यक्रमअनुसार सप्तरीका विभिन्न गाउँबाट मधेसी मोर्चा, थरुहट थारुवान मोर्चा र मुस्लिम गठबन्धले मान्छे बोलाइ राजमार्गमा धर्ना बसेका थिए।
आन्दोलनकारीमाथि दमन गरेको भन्दै सप्तरी र सिरहाका विभिन्न ठाउँमा टाइर बालेर प्रदर्शन सुरु भएको छ।

Leave a Reply

Your email address will not be published.