थारुको आन्दोलन जारी छ : संघर्ष समिति

Tharu Leaderथरुहट/थारुवान संघर्ष समितिले दुई महिनादेखि जारी आन्दोलन दशै तिहार अवधिभरी पनि जारी रहने स्पष्ट पारेको छ । समितिले एक विज्ञप्ती जारी गर्दै तराईका सम्पूर्ण जिल्लाहरुमा बिरोधसभा, कोणसभा, भण्डाफोर अभियान लगायत पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु सशक्तरुपमा माग पुरा नभएसम्म निरन्तर जारी राखिने जनाएको छ ।

विज्ञप्तीमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई लक्षित गर्दै ‘कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुन नसक्ने’ समेत उल्लेख गरिएको छ ।  थारुको प्रतिनिधित्व गर्ने गच्छदार केपी ओली नेतृत्वको सरकारबाट उपप्रधानमन्त्री तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन् ।

यस्तै आन्दोलन फिर्ता भएको भन्दै केहि सञ्चारमाध्यमबाट समाचार सार्वजनिक भएको भन्दै त्यसको खण्डन पनि गरिएको छ ।Press Realese

Leave a Reply

Your email address will not be published.