थारु-मधेसी अगुवाले भने- आन्दोलन युवा नेतृत्वले गर्नुपर्छ

थारु मधेसी अगुवाहरुले आन्दोलनको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। थारु एराउन्ड दी वर्ल्ड र एसोसिएसन अफ नेप्लिज तरा२ इन अमेरिकाद्वारा संयुक्तरुपमा आयोजना गरेको ‘घोषित संविधानमा मधेसी र थारुको अधिकार स्थापनाको चुनौती’नामक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरुले नेतृत्वकर्ताहरु सत्ताको खेलमा लागेको बताउँदै अबको आन्दोलन युवा नेतृत्वले गर्नुपर्ने जोड दिएका थिए।
photo 13

कार्यक्रममा थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले स्वागत मन्तब्य दिँदै नेताहरुले प्रधानमन्त्रीको चुनावमा सहभागी भएर आफ्नो चरित्र छर्लङ्ग पारेको बताए। उनले नेताहरुले सत्ता लागि आन्दोलन गरेको भन्दै अबको नेतृत्व थारु मधेसी युवाहरुले लिनुपर्ने बताए।

photo 02

मधेस विश्लेषक सीके लालले शासकहरु राजा बन्न खोजेको आरोप लगाए। उनले एउटा कथा सुनाउँदै थारु मधेसीलाई अस्विकार गर्दै शासकहरु राजा बन्न उद्यत रहेको बताए। थारु मधेसीको माग एउटै रहेको बताउँदै उनले जसको माग पूरा गरेपनि हुने बताए। ‘एक उपप्रधानमन्त्रीले फोन गरेर थारुको माग त बुझेँ, उनीहरु साँच्चिकै राज्यबाट हेपिएकै हुन्। तर मेसीको माग अहिलेसम्म बुझेको छैन। खासमा उनीहरुको माग के हो,’ एक उपप्रधानमन्त्रीको टेलिफोन कुरा सुनाउँदै लालले भने, ‘मैले जसको माग पूरा गरे पनि हुन्छ भनिदिएँ।’

photo 03

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले नेपाली कांग्रेस पनि आन्दोलनमा आउन लागेको जानकारी जराउँदै उनीहरुबाट थारु मधेसी आन्दोलनकारी सचेत हुनुपर्ने बताए। ‘आफ्नो साख गुमाएको र त्यो जागाउनका निम्ति कांग्रेस पनि आन्दोलनमा आउने जानकारी पाएको छु। उनीहरुको आन्दोलनले हामीलाई असर पर्न सक्छ। त्यही भएर हामी सचेत हुनु जरुरी छ,’ दहितले कार्यक्रममा भने।

photo 04

त्यस्तै थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले आन्दोलनमा युवाहरु चुकेको आरोप लगाए। नेतृत्वकर्तालाई पर्याप्त दबाब दिन नसक्दा आन्दोलनले उचाइ लिन नसकेको बताए। उनले समाजिक सञ्जालमार्फत् पनि युवाहरुले दबाब दिनुपर्ने बताए। उनले थारु मधेसी आन्दोलनकारीहरु कूटनीतिक लबिङ गर्न नसक्दा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आन्दोलनबारे गलत प्रचारबाजी भइरहेको बताए।

photo 11

त्यस्तै कार्यक्रममा नागरिक समाजका अगुवा सुरेन्द्र चौधरीले आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए। आन्दोलनरत नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर, कोही नेताहरु मन्त्री बनेर आन्दोलन नरोकिने बताउँदै उनले अबको निर्णाकय आन्दोलनमा युवा नेतृत्व अगाडि आउनुपर्ने बताए।

कार्यक्रमका तस्बिर हेर्नुस्

photo 01

photo 05

photo 06

photo 07

photo 08

photo 09

photo 10

photo 12

photo 14

photo 15

photo 16

Leave a Reply

Your email address will not be published.