गच्छदारले ओलीलाई समर्थन गर्ने, यस्तो छ आठबुँदे सहमति

प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । यसका लागि प्रमुख तीन दल एमाले र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति भएको छ ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले हस्ताक्षर गरेका छन् ।

सहमतिमा अहिले भइरहेको मधेस आन्दोलनको राजनीतिक समाधान खोज्ने र प्रदेशहरुको सीमांकनमा राजनीतिक सहमति गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्ने उल्लेख छ ।

यसैगरी समानुपाति समावेशी सुनिश्चित गर्ने, हाल कायम रहेको जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने पनि सहमति भएको छ ।

agreement

Leave a Reply

Your email address will not be published.