संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कोइरालालाई मतदान गर्ने

Madhesi Morchaसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिए ।
सो मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् । बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न नेकाका सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको नेता साहले जानकारी दिए ।
साथै बैठकले तराई मधेस आन्दोलनलाई जारी राख्ने पनि निर्णय गरेको छ । रासस

Leave a Reply

Your email address will not be published.