थारुसँगको छलफल निष्कर्षविहीन, माग सम्बोधन गर्न आलटाल गरेको नेताको आरोप

Tharu Leader
फाइल तस्बिर

तीन दलको वार्ता टोली र थरुहट/थारुवान संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदवारमा आज बिहान बसेको अनौपचारिक छलफल राजनीतिक मुद्दामा प्रवेशै नगरी सकिएको हो। ‘मन्त्रिपरिषद्ले बिहीबार साँझ गरेका निर्णय तत्काल कार्यन्वयन गरेमात्र वार्तामा बस्छौं भनेका छौं,’ समितिका प्रवक्ता अमनलाल मोदीले भने, ‘त्यो नहुन्जेलसम्म वार्ताको औचित्य छैन।’

वार्तामा सहभागी थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितले ब्यवस्थापिका संसदबाट अघि सारेका सर्तहरु २४ घन्टाभित्र पूरा गर्ने लिखित प्रतिबद्धता जनाएमात्र वार्तामा बस्ने बताए। ‘उहाँहरुले आन्दोलन फिर्ता गर्नुस्, वार्तामा बसेर सम्बोधन गर्न मिल्ने मुद्दाहरु सम्बोधन गरौंला भन्नुभयो। यस्तै हो भने वार्ताको औचित्य छैन,’ दहितले भने।

वार्ताको वातावरण बनाउने भन्दै बिहीबारको मन्त्रिपरिषद्  बैठकले सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्ने निर्णय गरेको थियो।

अनौपचारिक छलफलमा तन दलबाट महेश आचार्य, नारायणकाजी श्रेष्ठ र अग्नि खरेल सहभागी थिए भने संघर्ष समितिबाट रामजनम चौधरी, गोपाद दहित, अमनलाल मोदी, गंगा थारुलगायत थिए।

Leave a Reply

Your email address will not be published.