थारु कल्याणकारिणी सभा र मधेसी मोर्चाबीच छलफल हुँदै

 Dhaniram And Rajkumar

थारु कल्याणकारिणी सभा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यलयमा छलफल भइरहेको छ। तीन दलको वार्ता टोलीले मधेसी मोर्चा र थारुहरुसँग छुट्टाछुट्टै अनौपचारिक छलफल गरिरहेका बेला यी दुई पक्षबीच छलफल भइरहेको हो। बैठकमा थारु मधेसीको माग र मुद्दाबारे वार्तामा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा सभाका केन्द्रीय पदाधिकारी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित अन्य दलका महामन्त्रीको उपस्थित छन्।

‘थारु-मधेसीको माग मुद्दालाई वार्तामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागिएको हो,’ सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले भने।

थारु कल्याणकारिणी सभा र संयुक्त मधेसी मोर्चाले यसअघि नै आन्दोलनमा सहकार्य गरेको थियो। थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी र मोर्चाका तर्फबाट उपेन्द्र यादवबीचको भेटावार्तापश्चात् यी दुई पक्षबीच सहकार्य भएको थियो। पछि थरुहट/थारुवान संयुक्त संघर्ष समिति र मधेसी मोर्चाले एक अर्काको आन्दोलनलाई समर्थन रहेको बताएको थियो।

Leave a Reply

Your email address will not be published.