सुनसरीको रामधुनीमा जितियाको उल्लास [फोटो फिचर]

सुकदेब चौधरी/डुम्राहा।
सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान मूल नाराका साथ थारु महिला सभा डुम्राहाको संयुक्त आयोजनामा जातिया विशेष कार्यक्रममा पहिचान तथा संस्कृति सहितका विविध गतिविधि गरेका हुन् ।

तराईबासी थारु र मेधशी समूदायका महिलाहरुले मनाउने जतिया पर्वलाई लक्षित गरी पहिचान झल्काउने पहिरन, सांस्कृतिक झाकी, नाटक, जातिय गीत, नृत्य सहितका कार्यक्रम गरिएको आयोजक अनुसा चौधरीलाई जानकारी गराइन् ।

विशेष कार्यक्रममा इनरुवा नपा ८ बंकलुवा, रामधुनी नपा ८ अर्ता, सोहनम्बर, बसाहा, कालीझोरा र सोही नपा ९ का डुम्राहा, मर्चेया, छपकी, शिधपुर, रधुनाथपुर सहितका थारु महिलाहरुले जातिय पहिरन, ऐतिहासिक संस्कृति झल्काउने सरसमान सहितको झाकी, जातिय गरगहना हसली,ठोका, नथिया, बुलाकी लगायतको पहिरनमा महिलाहरु सहभागी भएका थिए ।

हरेक वर्षको अश्विन कृष्ण पक्षको अष्टमी तिथिमा मनाउने यो पर्व यस वर्ष भदौं २८ गते परे पनि पर्वको अवसर पारेर सम्पूर्ण थारु महिलाहरुले संयुक्त रुपमा कार्यक्रम गरी सुख दुःख साटासाथ गर्दै पहिचान झल्काउने विभिन्न कार्यक्रम गरी मनाइएको छ । जितिया पर्वमा श्रीमान, छोराछोरी र घरपरिवार सुख शान्तिका लागि निराहार वर्त लिने गरेको स्थानीय कविता चौधरीले बताइन ।

सभाले आयोजना गरेको विशेष कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने सभाका ८ र ९ का अध्यक्ष सुशीला चौधरी र सुस्मा चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच जितिया पर्वको अवसरमा सार्वजनिक विदाको माग गरेका छन् । थारु र मधेशी समुदायका बहुसंख्यक महिलाहरुले मनाउने महान पर्वमा सार्वजनिक विदा नदिदा आफूहरुलाई विभेद गरेको उनीहरुको गुनासो छ ।

यस वर्षको जितिया पर्वमा त्रिभुवन विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरुमा स्नातक तहको प्रथम वर्षको परीक्षा पर्ने भएपछि यस वर्षको पर्वमा डान्समा भाग लिन नपाउनुका साथै घरको कामकाजमा समेत सघाउन नसक्ने रामधुनी नपा ९ मर्चेया घर भई इटहरी स्थित जनता बहुमुखी क्याम्समा अध्ययनरत प्रमिला चौधरीले गुनासो गरिन । उनका अनुसार आफू संगै अध्ययनरत डुम्राहा छपकीकी काजल चौधरी, नागेश्वरी चौधरीले समेत पहिलेको वर्षजस्तो मनाउन नपाउने जानकारी गराए।

आफ्नो धर्म संस्कृति र पहिचान सहितको जितिया पर्वमा सरकारले पनि सार्वजनिक विदा दिनु पर्ने स्थानीय थारु अगुवाहरुको माग छ ।

Leave a Reply

Your email address will not be published.