आन्दोलन सफल पार्न गच्छदारले आन्दोलनरत पक्षसँग वार्ता गर्ने

Bijay

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन सदस्यसीय वार्ता टोली गठन गरेको छ। मधेस-थरुहटमा आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गर्न फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो। 

वार्ता टोलीमा राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट केशव झा र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तर्फबाट सीपी सिंह छन्। वार्ता टोली गठनलगतै विभिन्न पक्षसँग वार्ता गर्ने बुझिएको छ।

‘पहिचान र अधिकारको लागी मधेस-थरुहटमा चलिरहेको शान्तिपूर्ण राजनीतिक जनआन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र सफलताको बिन्दुमा पुर्‍याउन मधेस-थरुहटमा क्रयायाशिल अन्य मोर्चा, संगठन र राजनीतिक शक्तिहरुसित आवश्यकता अनुसार एकता, सहकार्य, आपसी सहयोग र  तालमेल गर्न आवश्यक सबै सम्भावनाहरुको खोजी गर्न र मोर्चालाई प्रस्ताव सिफारिस गर्न निम्न बमोजिमको वार्ता समिति गठन गरिएको छ,’ गच्छदारद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.