रञ्जित रे र जयशंकरसँग मेरो भेटवार्ता भएको छैन : लेखी

थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री एवं थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले भारतीय विदेश सचिव जयशंकरसँग आफ्नो कुनै भेटवार्ता नभएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै भारतीय राजदूत रञ्जित रे र जयशंकरसँगको भेटवार्ता नभएको बताउँदै उनले सञ्चारमाध्यममा आएको समाचारलाई खन्डन गरेका छन्।

उनले आफूहरुको भेटवार्ता प्रमाणित गर्न चुनौतिसमेत दिएका छन्। ‘भातरीय राजदूतावासमा जयशंकर, रे र मेरो भेटवार्ता प्रमाणित गर्न चुनौति दिन चाहन्छ। प्रमाणित भए राजनीतिक समाजिक जीवनबाटै सन्यास लिन्छु।’

विज्ञप्तीमा उनले डेढ दर्जन थारु मधेसी नेताहरु संयुक्तरुपमा जयशंकरसँग भेटवार्ता गरेको समाचारमार्फत् थाहा पाएको उल्लेख गरेका छन्।

हेर्नुस् विज्ञप्ती

Press Realese

अनलाइनखबरबाट

थारुलाई उचाल्ने भारतीय दूताबासको ‘माइक्रो म्यानेजमेन्ट’

 थारु नेता राजकुमार लेखीले भारतमा शिविर खडा गर्ने कार्य स्वीकार्य नहुने भन्दै मधेसी मोर्चाविरुद्ध अभिव्यक्ति दिएपछि अनलाइनखबरमा लेखीको अन्तरवार्ता हिट भयो । तर, भारतीय विदेश सचिव काठमाडौं आएर फर्कनासाथ लेखीसहितका थारु नेताहरुको आवाज परिवर्तन भएको छ ।
राजकुमार लेखी, रामजनम चौधरीसहितका नेताहरु अब उपेन्द्र यादवसहितको मधेसी मोर्चासँग संयुक्त रुपमा आन्दोलन गर्ने रणनीतिमा लागेका छन् । थारुहट थारुवान संयुक्त संघर्ष समितिमा लगातार उनीहरुले त्यसका लागि पहल गरेका छन् । तर, अहिलेसम्म सफल भएका छैनन् ।

एक थारु नेताले अनलाइनखबरसँग भने-‘राजकुमारजीहरुले १८० डिग्री फन्को मार्नु भएको छ । अहिले मधेसी मोर्चासँग मिल्नुपर्छ भनेर प्रस्ताव राखिरहनु भएको छ ।’

भारतीय दूत आउनुभन्दा अघिसम्म मधेसीको विरोधमा र राष्ट्रियताको पक्षमा चर्को बोलिरहेका लेखी एकाएक किन मधेसी र थारुको मोर्चाबन्दीको पक्षमा उभिए होलान् ? यसका पछाडिको एउटै कारण हो, भारतीय दूतावासमा भएको जयशंकर र भारतीय राजदूत रञ्जित रायसँग भएको मिटिङ ।

को-को गए दूताबास ?

स्रोतका अनुसार संविधान घोषणाको पूर्व संध्यामा नेपाल आएका भारतीय विशेष दूत विदेश संचिव जयशंकरले थारु नेताहरुसँग गोप्य भेट गरेका थिए ।

लैनचौरस्थित भारतीय दूतबासमा भएको भेटमा सात थारु नेतालाई बोलाइएको थियो । स्रोतका अनुसार विशेष दूतलाई भेट्न थारू नेताहरू कांग्रेस सभासद तजुलाल चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, थारु कल्याणकारी सभाका धनिराम चौधरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी, योगेन्द्र चौधरी र रमेश चौधरी भारतीय दूताबास पुगेका थिए ।

के भयो दूतावासमा ?

भारतीय कूटनीतिज्ञहरुले आफ्नो नेपाल भ्रमणका क्रममा ठूला दलका नेताहरुलाई भेटेपछि मधेसी दलका नेतालाई सामुहिक भेट दिने चलन विगतदेखिकै हो ।

यसपालि जयसंकरले मधेसी नेताहरुलाई सामुहिक भेट गरिसकेपछि दूताबासमा सातजना थारु नेताहरुसँग वेग्लै वार्ता गरेर ‘माइक्रो म्यानेजमेन्ट’को प्रयास गरे ।

त्यसको प्रभाव थारु आन्दोलनकारीको मोर्चामा देखिएको छ । अहिले थारुको मोर्चामा मधेसीसँग मोर्चाबन्दीका लागि चर्को दबाव दिइरहेका छन् ।

तीन दलका नेताहरु भएको वार्तामा पनि लेखीले नै कडा कुरा गरे र, वार्ताको औचित्य नभएको भन्दै विचमा नै उठेर हिडेका छन् । नेताहरुका अनुसार अहिले जनजाति महासंघका पूर्व अध्यक्ष लेखी सहितका केही नेता वार्ताको विपक्षमा छन् ।

एमाओवादीसहितका केही थारु नेताहरु भने मधेसी मोर्चासँग सहकार्य नगर्ने पक्षमा छन् । उनीहरुले आफूहरु मधेसमा तीन प्रदेशको पक्षमा रहेको र मधेसी मोर्चा एक मधेस प्रदेश भन्दै आएको भन्दै मोर्चाबन्दीको आधार नभएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published.