भारतद्वारा नेपालको बोर्डर सिल, सीमानाकामा कडा सुरक्षा

border-seal

तराई-मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ ।

नेपालसँगको सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ । भारतले वीरगंजसँग जोडिएको रक्सौलमा पनि उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ ।

वीरगंजमा जारी कफ्र्यू र निषेधाज्ञाका बिच प्रदर्शन भइरहेको र यसले भारतको सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै सीमानाका बन्द गरिएको भारतीय स्थानीय पत्रकारहरुले जनाएका छन् ।

भारतको रक्सौलमा रहेको अस्पतालमा उच्च सतर्कता अपनाउन भनिएको छ । आन्दोलनका क्रममा घाईते बढ्न सक्ने र उपचारका लागि रक्सौल जाने गरेकाले अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसअघि भारतले संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गरी आफ्नो असन्तुष्टि जनाईसकेको थियो । अघिल्लो पत्रमा भारतले नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको भारत सरकारले हिजो राति झनै कडा वक्तव्य निकाल्दै सीमा नाका र ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो ।

हुलाकीन्युजबाट

Leave a Reply

Your email address will not be published.