कैलालीमा जन प्रदर्शन, प्रधानमन्त्रीसहित ६ नेताको पुतला दहन (फोटो फिचर)

    Putala Dahan at Kailali 01

बालकृष्ण चौधरी/कैलाली

डेढ महिनादेखि आन्दोलनरत थरुहट/थारुवान पक्षधरहरु मंगलबार कैलालीको मसुरियामा प्रधानमन्त्रीसहित ६ शीर्ष नेताहरुको पुतला दहन गरेका छन्। आफूहरुको आन्दोलनलाई बेवास्ता गरी पहिचानविरोधी तथा जनघाति संविधान जारी गरेको भन्दै उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, एनेकपा माओवावादी अध्यक्ष प्रचण्ड, नेता लेखराज भट्ट, एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको पुतला दहन गरेका हुन्।

Putala Dahan at Kailali 05

हजारौंको संख्यामा रहेका थरुहट पक्षहरुले पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत राजीपुर, मसुरिया, पहलमानपुरलगायत स्थानहरुमा कालो झण्डासहित प्रदर्शन गर्दै उनीहरुले शीर्ष नेताहरुको पुतला दहन गरेका थिए। कथित पञ्चायती संविधान चाहिँदैन, थरुहट/थारुवान छोड्दैनौं, प्रहरी दमन बन्द गर, पक्राउ परेका नेताहरुलाई रिहा गरलगायत नारा लगाउँदै उनीहरुले मंगलबार दिनभर प्रदर्शन जारी राखेका थिए।

Putala Dahan at Kailali 02

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै थरुहट नेताहरुले जस्तोसुकै बलीदानी दिनुपरे पनि कैलाली–कञ्चनपुरसहितको थारु बाहुल्य जिल्लाहरुको अलग्गै प्रदेश बनाएरै छाड्ने अडान राखेका थिए। एनेकपा माओवादीका पूर्व सभासद कृष्ण कुमार चौधरी नेपाली शासकहरुले अझै पनि थारु, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्ग समुदायलाई कमैया बनाउने गरी संविधान जारी गरेको बताए। उनले उत्पीडित वर्गलाई उपेक्षा गरी जारी गरेको संविधान कुनै पनि हालतमा मान्न नसकिने ठोकुवा गरे।

Putala Dahan at Kailali 04

त्यस्तै, कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरीले अझै पनि थरुहट आन्दोलनको मागलाई न्यायोचित रुपमा सम्बोधन नगरिए आन्दोलन चर्काउँदै लगिने बताए। कार्यक्रममा थरुहट/थारुवान संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरी, एनेकपा माओवादीका भक्त बहादुर बिक, साहेबलाल चौधरी, अनिल चौधरी, अनिता चौधरी, मीना कठरियालगायतले पनि कोण सभालाई सम्बोधन गरेका थिए।

Putala Dahan at Kailali 03

असोज ३ गते संविधान घोषणा भएपछि आक्रामक देखिएका थरुहट पक्षधरहरुले सरकारी सवारी सधान, कार्यालयलगायत निकायहरुलाई प्रमुख निशाना बनाएका छन्। सोमबार मात्रै उनीहरुले जिल्लाको दुई प्रहरी चौकीमा तोडफोड पनि गरेका थिए।

2 thoughts on “कैलालीमा जन प्रदर्शन, प्रधानमन्त्रीसहित ६ नेताको पुतला दहन (फोटो फिचर)

  1. भनिनछ,’एकता नै बल हो’. एकता विना कुनै काम सफल हुँदैन.थारूहरूले छुटै र मधेसीहरूले छुटै आन्दोलन गर्दा हाम्रो माँग कसरी पुरा हुनछ ? फेरि माँग पनि भिन्दा भिन्दै छ.कोही भनछ तराईमा एक प्रदेश, कोही भनछ दुई प्रदेश त कोही भनछ तीन प्रदेश. तपाईंहरू ठोस निर्णयमा पुगेर मात्र वार्तामा आउनु होस.

  2. ek dam thik inai hun hijo doka boke ra pahad bata jhare ka doke haru aaja tharu haru ko mehanat le aarje ko bhag lai hadape ra sasan ladna khajdai chhan……….niti nirman samma ko pahucha lai asambhav pardai chhan ……kina bhane in lai dar chha bholi ka din ma tharu mathi sasan prasasan chalauna paidaina bhanera…..

Leave a Reply

Your email address will not be published.