प्रचण्डले थारु नेताहरुलाई भने- मध्यान्हपछि केही सन्देश दिन्छौं

pushpa_kamal_dahal--621x414

एमाओवादी थारु नेताहरुले वार्ताका लागि पहल गर्न पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । मंगलबार विहानै थारु सभासद तथा नेताहरु प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । उनीहरुले थारु समुदायको आन्दोलन सम्बोधनका लागि तत्काल वार्ताको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुलाई मुद्धा लगाउने क्रम रोकिएको छ भने सरकारले मृतकका परिवारलाई १० लाख दिने औपचारिक निर्णय नै गरिसकेको छ । सीमांकनसहितका विषयमा तीन दलले संविधान संशोधनको प्रतिवद्धता जनाएपछि पश्चिम तराईमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति वार्तामा बस्न सकारात्मक छन् ।

जवाफमा प्रचण्डले मध्यान्ह १२ बजेसम्म केही सन्देश दिने बताएका छन् । प्रचण्डले पहिले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्ने र ११ बजे तीन दलको बैठक बस्ने भन्दै त्यसपछि केही सन्देश दिने आश्वासन दिएका छन् ।

भेटमा सहभागी पूर्व सभासद सन्तोष थारुले भने-सम्भव भए आजै साँझसम्म र नभए भोलिसम्ममा वार्तामा बस्ने वातावरण बनाउँछु भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.