थाकस सुर्खेतको साधारण सभा सम्पन्न

 tharu surkhet

मान बहादुर पन्ना

वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच थारु कल्याण कारिणी सभा, सुर्खेतले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सभाका उपाध्यक्ष बेचुलाल चौधरीले–आर्थिक प्रतिवेदनमा थारुहरुको सामाजिक सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न तालिम, अन्तरक्रिया, संग्रहालय निर्माणका लागि राप्रपा सांसद कोष जिविस, वन कार्यालय एवं स्थानीय स्रोत गरी रु ५लाख, ३० हजार ४ सय आम्दानी र खर्चको लेखा परीक्षण प्रतिवेदन पेश गर्नु भएको थियो। वीरेन्द्रनगर नगर पालिका वडानं. १७ कालिमाटिमा संग्रहालयको लागि पिलर सम्म निर्माण भएको जानकारी गराउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य मान बहादुर चौधरीले- देशमा संविधान जारी गर्ने बेलामा सबै जातजाति, वर्ग, समुदायको अपनत्व हुने गरी संविधान आउन नसकेको संकेत गर्दै थारुहरुको माग सुनुवाइ नहुनले आफु दुखित भएको बताउनु भयो। प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले थारुहरु पनि संविधान आएको खुशीयाली गर्दै दीपावली मनाउने वातावरण गर्न सके झनै राम्रो हुने बताउनु भयो । राज्यसँग भएको वार्तामा दलहरु लचिलो भए पनि सफल नहुनु दुखद भएको बताउनु भयो। आन्दोलनका क्रममा टिकापुरको घटना दुखद भएको बताउदै राज्यबाट थारुहरुमाथि भइरहेको दमन हटाउनु पर्ने, यसलाई राजनितिक रुपमा समाधान गर्ने सरकारको पछिल्लेा अभिव्यक्ति आए पनि व्यवहारमा त्यो नभएको बताउनु भयो।

थारु कल्याण कारिणी सभाका केन्द्रीय पार्षद मान बहादुर चौधरी पन्नाले– वर्षौ पछि नेपालीको चाहाना संविधान घोषणा भए पनि थारु, मूस्लिम, मधेशी समुदायलाई हर्ष न विस्मात भएको प्रतिक्रिया जनाउनु भयो। यद्यपि संविधानमा समावेशिता, थारु आयोग, मुस्लिम आयोगको व्यवस्था हुनुले केही माग पूरा भएको बताउनु भयो। सदियौदेखि थारुहरु शोषित दमित हुँदै आइरहेकोले थारुलाई जातिय राज्य होइन बरु बिशेष अधिकार दिई शिक्षा,स्वास्थ्य रोजगार लगायत राज्यको हरेक निकायमा पहुच पुर्याउनु पर्ने नीति संवैधानिक रुपमा राज्यले व्यवस्था गर्न सके धेरै समस्या समाधान हुने बताउनु भयो।

कार्यक्रममा क्षेत्रीय प्रसारण रेडियो नेपालमा विन्तिराम महतोले– सुर्खेतमा बन्न लागेको थारु संग्रहालयको खबरले आफु निकै खुशी भएको बताउनु भयो। राज्यबाट थारु भाषा संस्कृति संरक्षण हुन नसकेको अवस्थामा थारु समुदाय आफै रचनात्मक कार्यमा लागेर अघि बढ्नु पर्ने बताउनु भयो। थारु जाति अनुशासित, इमानदार, सोझो भएकोले आजसम्म कमैया, कमलहरीको रुपमा दासत्व जीवन विताइरहेकोले थारुलाई मुक्ति चाहिएको बताउनु भयो। देशमा संविधान आए पनि थारुहरु खुशी नहुनु दुखद कुरा हो भन्नु भयो।

कार्यक्रममा थारु वुद्धिजीवी टेक बहादुर चौधरी, जागुराम थारु, कलबहादुर थारुले, थारुहरुको हकहित एवं उत्थानको बारेमा विचार राखेका थिए।

कार्यक्रममा थारु कल्याण कारिणी सभा सुर्खेतका अध्यक्ष कृष्ण बहादुर थारुले– सुर्खेतमा बन्दै गरेको संग्रहालय तथा ठन्वा निर्माणमा सबैको सहयोग हुनु पर्ने बताउनु भयो। कार्यक्रम अध्यक्ष थारुको सभापतित्वमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published.