शीर्ष नेतालाई मधेसी जनताको यस्तो सजाय

Kp oli Fasi

सप्तरीको राजविराजमा प्रधानमन्त्री सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमलाई फाँसी दिइएको छ । चार नेताको प्रतिक बनाई स्थानीय जनताले उनीहरुलाई फाँसीमा झुण्ड्याएका हुन् । मधेशसँग धोकाधडी गरेको र ५० जनाभन्दा बढी सर्वसाधारणको हत्या गरेको विरोधमा नेताहरुलाई जनताले फाँसी दिएका हुन् ।
मधेश आन्दोलन लम्बिँदै जाँदा र मधेशमा निर्दोष सर्वसाधारण मर्ने क्रम बढ्दै जाँदा जनतामा सरकारविरुद्ध आक्रोश पनि बढ्दै गएको छ । आक्रोशित जनताले सँधै प्रदर्शन र जुलुस गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.