रुपन्देहीमा ४ वर्षीय बालकसहित प्रहरी गोलीबाट चार जना मारिएको स्थानीयको दाबी

Rupandehi-Protest-1

रुपन्देहीको बेथरीमा प्रहरीको गोलीबाट बालक र किशोरीसहित चार जना मारिएको स्थानीयवासीहरुले बताएका छन् । तर प्रहरीले गोली नै नचलेको दाबी गरेका छन् । भैरहवा–लुम्विनी सडक खण्डमा पर्ने बेथरी पुल नजदिक प्रहरीले चलाएको गोली लागि दुई जना र घरमा खेली रहेका ४ वर्षीय बालक र घरमा रहेकी एक जना किशोरीको मृत्यु भएको जनाइएको छ ।

स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार ४ वर्षीय बालक चन्दन पटेल, १४ वर्षकी रञ्जना क्षेत्री, ३५ वर्षकार राजकुमार बराई, ३५ वर्षकै विन्दु लाकोल मारिएका छन् ।

यसरी भयो घटना

तीन दिन पहिले प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा स्थानीयवासीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।

प्रहरी कार्यालय घेराउ गरेपछि स्थानीयवासी र प्रहरीबीच सहमति भएको थियो । त्यस सडक खण्डमा प्रहरीले स्कटिङ्ग गरेर कुनै पनि सवारी साधन नलग्ने सहमति भएको थियो । त्यसपछि मधेशी मोर्चाका कार्यकर्ताहरु अस्तिदेखि सैयंम भएर प्रदर्शन गर्दैै थिए ।

सहमति विपरीत आज अचानक प्रहरीले स्कटिङ्ग गरी ट्रकहरु लाग्न खोजे पछि प्रदर्शनकारीहरुले ट्रक रोकेको थियो । ट्रक रोकिएपछि प्रहरीले अन्दाधुन्द फाईरिङ्ग सुरु गरेको घाइतेहरुको भनाई रहेको छ ।

प्रहरीले फाईरिङ्ग सुरु गरेपछि प्रदर्शनकारीहरु भागे । केही प्रदर्शनकारीहरु लुक्न थाले । तर प्रहरीले निरन्तर फाईरिङ्ग गरे जसबाट घरमा रहेकी १४ वर्षीय एक किशोरीको पनि मृत्यु भयो ।

बेथरी पुल नजिकै बजार पनि लाग्ने गरेको छ । बजार गर्न आएका सर्वसाधारणहरुलाई पनि प्रहरीले गोली हाने । मारिने अधिकांश बजार गर्न आएकाहरु हुन् ।

यता हुलाकी न्यूज सहकर्मीहरुले दिएको जानकारी अनुसार मृतकको संख्या बढ्न सक्छ भने घाइतेहरुको अवस्था चिन्ताजनक छ ।

hulakinews

Leave a Reply

Your email address will not be published.