‘गाउँका हामी नर्स’

1सन्तोष दहित, दाङ- सौडियार ९ कनरियाकी सम्पत्ति चौधरीले सुत्केरी स्याहार्न थालेको २२ वर्ष पुगिसक्यो। कसैलाई सुत्केरी व्यथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म सुत्केरी र शिशुलाई स्याहार सुसार गर्ने जिम्मा उनकै हुन्छ। सुत्केरी कसरी गराउने? कसरी बच्चा स्याहार्ने अनि कसरी सुत्केरी स्याहार्ने भन्नेबारेमा उनले अहिलसेसम्म केही तालिम भने लिएकी छैनन्। अनुभवको भरमा उनले अहिलेसम्म सैयौं सुत्केरीहरुलाई स्याहारिसकेकी छिन। 

कहिलेकाहीँ त उनलाई तीनचार वटि सुत्केरी गराउनुपर्ने हुन्छ। ‘ठाँउठाँउबाट बोलाउन आँउछन्, कहिलेकाही त भ्याई नभ्याई हुन्छ उनले भनिन्। दिनमै तीनचारवटा सुत्केरी स्याहार्नुपर्छ।’ कसरी शरिरमा तेल लगाउने, रगताम्य सुत्केरी र सालानालसहितको शिशुलाई सामान्य अवस्थामा ल्याउने र त्यसपछि न्वारानसम्म दुवैलाई आवश्यक हेरचाहा गर्ने जिम्मा उनकै हुन्छ। र, त्यो सव गरेबाफत उनले दिनमा एकसय रुपैयासम्म पाँछिन। न्वारनको दिन सुत्केरी घरकाले उनलाई केहि लत्ताकपडा र अन्नपात पनि दिन्छन्। अरुले खानेकुराहरु पनि दिन्छन, कसैले।
यसरी सुत्केरीको स्याहार गर्ने महिलाहरुलाई थारु भाषामा सोहि्रन्या भन्छन् भने सामान्य भाषामा सोडेनी। यतिमात्रै होइन, उनिकहाँ अचेल त गर्भबतिहरु प्नि जाँच गराउन आउँछन्। उनि पेछ जाँच्छिन्। बच्च चलेको छ कि छैन? त्यो पनि सोध्छिन। खानपिनको बारमो सम्झाउछिन् र अरु सल्लाह पनि दिन्छिन्। ‘तीन चार महिनाका गर्भवतीहरु पनि आउँछन्, कोहि दिनपुग्ने बेला पनि आउछन्।’ अप्ठयारो अवस्थामा गर्भबतीहरुलाई पनि उनि सजिलैसंग गाँउमा सुत्केरी गराउन सक्छिन्। ‘धेरै अप्ठयारो भएकालाई अस्पताल जान भन्छु तर धेरैजसो आफैले गराउछु’ उनले भनिन। अस्पतालले सुत्केरी गराउन नसकेको कतिपय गर्भबतीहरुलाई पनि अस्पतालबाट फर्काएर सुत्केरी गराएकी छिन्। त्यसपछि उनको माग अझै वढेको छ।
चौधरी भन्छिन ‘अस्पतालमा त के गर्छन र बच्चा जन्मिन्छ अनि धर पठाइदिन्छन पछि ती सुत्केरीहरु फेरी गाँउ आएर हामी (सोडेनी) सोहि्रन्याहरुलाई खोज्दै आउछन।’ सम्पत्ति चौधरी अहिलेसम्म कुनै पनि औपचारिक तालिम लिएकी छैनन्।
सौडियर ५ राजपुरकी मुसी चौधरी पनि (सोडेनी) सोहि्रन्या काम गर्न लागेको एक दश भन्दा वढि भइसकेको छ। उमेरले पाको भइसकेपछि उनलाई (सोडेनी) सोहि्रन्या कामले भने अझै जवान नै वनाइदिएको छ। चौधरी भन्छिन ‘सुत्केरीले वोलाएको ठाउमा जाउभने आफ्ना यस्तो दयनि अवस्था छ, नजाउ भेने त्यस्तो अप्ठ्यारो परेको वेला सहयोग नगरे कहिले गर्ने भनेर सकि नसकि जन्छु’ उनले भनिन्। सुत्केरी आमाहरुलाई सोहि्रन्यहरुले सोह्राउनेकाम नगर्ने हो भने सुत्केरी आमा धेरै कम्जोर हुने, पाठेघर खस्न सम्भावान धेरै हुने र उनिहरुको शरिर नै विग्रिने डर हुन्छ त्यसैले यी समस्यावाट वच्नको लागि अहिले सोहि्रन्याको आवश्यक्ता भएको उनिहरुको मान्यता छ।
त्यसैगरि नारायणपुर ३ झुम्केवारीकी फूलमति चौधरीले पनि भ्याइनभ्याई सुत्केरीको घरमा पुग्छिन्। फूलमतिको सोहि्रन्या काम मात्र गर्नलाको २० वर्ष जति भयो। गाँउ देखि पल्लो गाँउसम्मका सुत्केरीका परिवारले वोलाउन आउँछन्। ‘दुःख परेको वेला सहयोग गरेको भन्दै कसैले पाँच सय त कसैले एक हजार दिन्छन्’ चौधरीले भनिन्। यहि सोहि्रन्या काम गरेर घर गुजारा चलाउदै आएको चौधरी वताउछिन्।
सोहिन्या काम गर्ने सम्पत्ति, मुसी र फूलमति चौधरीहरु त उदाहरण मात्रै हुन। यस्तो सोहि्रन्या काम गर्ने थारु समुदायमा सयौं महिलाहरुछन। दाङ, वाँके वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा यनिहरुको माग अध्यधिक हुन्छ। तर यिनीहरुको आधुनिकीकरण गर्ने र व्यवस्थित सुत्केरी गराउनका लागि नियमन गर्नका लागि राज्यले कुनै पनि निकायले केही गरेका छैनन्।
राज्यले केही समयअघि गाँउगाउँमा यसरी सुत्केरी स्याहार्ने महिलाहरुलाई तालिमको व्यवस्था पनि गरेको थियो। तर सवैले यस्तो तालिम पाउन सकेका छैनन्। औपचारिक तालिम नपाए पनि यी महिलाहरु अनुभवका आधारमा गाउँमा धेरै भरपर्दो मानिन्छन्।
अस्पतालम सुत्केरी भएकाहरुलाई घरमा लगेपछि पनि यस्ता सोंडेनीहरुलाई घरमै बोलाइन्छ। उनीहरुले सुत्केरी तथा शिशुको स्वास्थ्य, सरसफाईदेखि खानपानमको समेत राम्रो ख्याल गर्छन्।

Leave a Reply

Your email address will not be published.