शान्ता चौधरी नेतृत्वमा दाङमा सद्‍भाव र्‍याली

dang rally_ shanta chaudhary 01

सन्तोष दहित
नेपाल लोकतान्त्रिक थारु संघ दाङले सोमबार दाङको सदरमुकाम घोराहीमा बृहत् सद्‍भाव र्यााली निकालेको छ। ‘समृद्ध र बलियो राष्ट्रको निर्माण गरौं, न्याय र समानता सहितको सामाजिक सदभाव कायम गरौं’ भन्ने मूल नारासहितको गुम्राहा चोक (ट्राफिक चोक)बाट सुरु भएको सदभाव र्याोली निमाहल रोड हुँदै, गुज्री बजार, पुरानो बसपार्कक, मिलन चोक हुँदै न्युरोड, तुलसीपुर चोक, सहिद गेट हुँदै कर्मचारी मिलन केन्द्रको खुल्ला चौरमा परिणत भएको थियो। dang rally_ shanta chaudhary 03
सदभाव र्याोलीको नेतृत्वम पूर्वकमलरी एवं पूर्व सभासद शान्ता चौधरी, बुद्धिजीबी महेश चौधरी र नेकपा एमालेका केन्द्रीय वैकल्पिक सदस्य मेटमणी चौधरीलगायतले नेतृत्व गरेको सदभाव र्यासलीमा बाहुन, क्षेत्री, मगरलगायत अन्य जातजातिको सहभागिता थियो। करिब ३ घण्टाभन्दा बढी बजारमा सामाजिक सदभावको सन्देश दिइएको थियो।

Shankar Pokhrel
सदभाव र्यावली कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटीका सदस्य शंकर पोख्रेलले अहिले बन्न लागेको सबै जातजातिको अधिकार सुनिश्चित हुने बताएका थिए। उनले भने, ‘नेपाल एक सयभन्दा बढी जातजाति छन्, सबै जातजातिलाई राज्य दिन सकिँदैन, पहिचान र सामर्थ्यसहितको संघीयता बनाउने हो। यसो भए आदिवासी जानजातिलगायत अन्य जातजातिको पनि पहिचानको संरक्षण हुने र आर्थिकको हिसाबले पनि बलियो हुने हुनाले पहिचान र समार्थ्यको आधारमा संघीयाता निर्माण हुन्छ।’

dang rally_ shanta chaudhary 02
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पाख्रेलले आदिवासी जनजाति थारु समुदायलगायतको भाषालाई पनि स्थानीय तहमा कामकाजको रुपमा पनि प्रयोग हुने बताए। अहिलेको संविधानमा थारु, मधेसी, महिला, दलितलगायत पछाडि परेको वर्गहरुको छुट्टै आयोग गठन हुने बताए।

Leave a Reply

Your email address will not be published.