आन्दोलनमा मारिनेका परिवारलाई सरकारले १० लाख दिने

Rupandehi-Protest-1

देशका विभिन्न स्थानमा जारी आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

साथै आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकार खर्च सरकारले व्यहोर्ने निर्णय पनि वैठकले गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । राष्ट्रसंघको सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भाग लिने विषय पनि मन्त्री परिषद वैठकले टुंगो लगाएको छ ।

संविधान जारी हुने भएपछि खुसीयाली साटासाट गर्न असोज ३ र ४ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको पनि मन्त्री पण्डितले बताए ।

Leave a Reply

Your email address will not be published.