देउवाले बोलाएपछि सुरेन्द्र चौधरी संविधानसभामा फर्किए

Surendran Chaudhary

नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधानसभामा फर्किएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्। यसअघि उनले संविधानसभा बहिष्कार गरेको भन्दै नफर्किएको बताएका थिए।

‘अरूले भनेर होइन शेरबहादुर दाईले फोन गरेकाले बाध्य भएर फर्किए,’ चौधरीले भने,‘ मेरो बुबाको इतिहासबारे पनि उनले बताउनुभयो। त्यसपछि फर्कनै पर्‍यो नि।’

नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गर्ने २०७ सभासदमध्ये २ जना मात्र अनुपस्थित छन्। प्रदिप गिरी दिल्लीमा भएकाले उपस्थित भएका छैनन् भने सीला खड्का हिन्दू राष्ट्र अभियानमा लागेकीले संविधानसभा बहिष्कार गरेकी छन्। खड्का कांग्रेस नेता खुमबहादुरकी श्रीमती हुन्।

Leave a Reply

Your email address will not be published.