बर्दियाका थारुहरु प्रर्दशनको शैली फेर्दै

Photo tharu

थारु सयुक्त संघर्ष समिति र मधेशीको बिरोध प्रर्दशन फरक शैलिमा देखिन थालेको छ। बिरोध सभामा सहभागी लाठी, गुलेली र चिरपट त्यागेर निशस्त्र भएर सभामा सहभागी हुन थालेका छन्। शनिबार खाली हात मैनापोखरमा महिलाका प्रर्दशन र आइतबार मगरागाडीमा भएको प्रर्दशनमा शान्तिको सन्देशको दिने खालको थियो। राज्य अर्थहीन सीमाकंन मान्दैनौ —पहिचान बादी शक्ति—एक हौं भन्दै नारा लगाएर बन्दकर्ता मगरागाडीमा प्रर्दशन गरेका थिए।

प्रर्दशनमा सहभागीहरुले लाठी बोकेर हिँड्दा भडकिलो देखिएकाले शान्ति पूर्ण तरिकाले प्रर्दशनकारीले सरकारसँग माग राख्ने र शान्तिको सन्देश दिन खोजिएको बिरोध सभाका आयोजक भनाइ छ। यसअघि जिल्ला बिभिन्न ठाउँमा भईरहेको प्रर्दशन भड्किलो बनाउँन लाठी बोकेर सहभागी गरेकोमा आजभोलि भइरहेको प्रर्दशनमा निशस्त्र थारु आन्दोलनकारी आन्दोलनमा सहभागी भइरहेका छन् ।

पटक पटक प्रशासनले प्रदर्शनमा लाठी नबोक्न आग्रह गरेपनि यस अघिका प्रदर्शनमा प्रर्दशनकारीले बलजफ्ती लाठीको प्रयोग गर्ने गरेका थिए। प्रर्दशनको क्रममा हिंसा भड्किने त्रासले थारु अगुवाहरुको संयमित भएको हुनसक्ने प्रशासनको निष्कर्ष छ । ‘सुरुका दिनदेखि नै आन्दोलनकारीलाई निशस्त्र प्रर्दशनमा सहभागीका लागी अनुरोध हाम्रो थियो,’ प्रशासनका एक कर्मचारीले भने, ‘पहिला पहिला प्रर्दशनकारीसँग भएका लाठी प्रहरीले पनि खोस्यो, अटेर गरेर लाठी बोकेर प्रर्दशनमा सहभागी हुने गरेका थिए।’ शनिबार र आइतबारको प्रदर्शन थारुले संयमता अपनाएको उनले बताए।

थारु सयुक्त संघर्ष समितिका क्षेत्र २ का संयोजक बीर चौधरी आन्दोलनको क्रममा हिंसा भड्किएर थारु मागहरु ओझेलमा नपरुन र भौतिक तथा मानविय क्षति नहोस भनेर सचेत रहेको बताउँछन् ।

‘शान्तिपूर्ण आन्दोलनवाट मधेशी जनताको माग सम्बोधन होस भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘संयमित भएर प्रर्दशन गरेर थारुहरुको माग पूरा गर्न धेय हाम्रो हो ।’ थारु आन्दोलनलाई दमन गर्ने खालका गतिविधि हुन सक्नेमा पनि हामी सचेत रहेको उनको भनाइ छ ।

गाउँबाट आएका हजारौ थारु प्रर्दशनकारीले दैनिक रुपमा गरिरहेको प्रर्दशन शान्तिपूर्ण भएको थारु संघर्ष समितिका संयोजक गोविन्द थारुले बताए। उनका अनुसार चरणबद्धरुपमा आन्दोलन घोषणा गरेर थारु आन्दोलनमा होमिएका छन्।

‘आफ्नो अधिकार पाउँनका लागि अरुको अधिकार हनन् गर्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘आन्दोलनको क्रममा लचकता अपनाएर बिद्यालय खोल्न लगायौं,साना सवारी साधनलाई आवश्यक्ता हेरर चल्न दिएका छौं।’ साउन २६ गते देखि गरेको बन्द आह्वानले यहाको जनजीवन कष्टकर बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published.