लिम्बूवान सङ्घर्ष समिति गठन, भदौ २४ र २५ गते आमहड्ताल गर्ने

Limbuwan-biratnagar-1लिम्बूवान मुद्दा सम्बद्ध सङ्गठनहरुले आफ्ना माग पूरा गराउन आज लिम्बूवान संयुक्त सङ्घर्ष समिति गठन गरेका छन्। समितिमा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान स्वशासित सङ्घ (एकीकृत), लिम्बूवान राज्य परिषद्, सङ्घीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल र किरात याक्थुङ चुम्लुङ छन्।

सो सङ्घर्ष समितिले धर्म निरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलओ १६९, युएन ड्रिपलाई संस्थागत गर्ने समितिको उद्देश्य रहेको जनाएको छ।

लिम्बूवान राज्यको स्थापनाको उपयोगिता सिद्ध गर्न लिम्बूवान समुदायलाई समितिले आग्रह गर्दै वर्तमान समयमा मधेसी र थारु समुदायमाथि अधिकारको खोजीमा भइरहेको दमनको घोर निन्दा गर्दै आगामी आन्दोलनको कार्यक्रम सार्वजनिक पनि गरेको छ।

समितिले भदौ २४ र २५ गते लिम्बूवान आमहडतालको कार्यक्रम पनि सार्वजनिक गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.