बर्दिया घटनामा तीन जना पक्राउ, संघर्ष समितले भन्यो- प्रहरीकै गोलीबाट हवल्दारको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

बर्दियाको मैनापोखरमा प्रहरी हबल्दार देवबहादुर पाण्डेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उक्त घटनामा संलग्न भएको भन्दै मैनापोखर-८ बस्ने नरेश थारु, ५५ वर्षीय रामहरथ थारु र १९ वर्षीय अविनाश थारुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

बर्दियाको मैनापोखरमा प्रदर्शनकारीहरुको आक्रमणबाट शुक्रबार विहान इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत दाङ लालमटिया-२ घर भइ नेपालगञ्ज उपमहानगरपालिका-२५ कारकाँदो बस्ने प्रहरी हवल्दार पाण्डेको मृत्यु भएको थियो।

मैनापोखर चोकमा प्रदर्शनकारीहरुले रोकेका सवारी साधनलाई स्कर्टिङ गरी पास गराएपछि आक्रोशित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास सेल र हवाई फायर गरेको थियो।

प्रहरी गोलीबाटै हबल्दारको मृत्यु

यता थरुहट/थारुवान संघर्ष संयुक्त संघर्ष समतिले प्रहरीकै गोलीबाट हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको जनाएको छ। समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ- आन्दोलनकारी उपर प्रहरी प्रशासनले दमन गर्ने क्रममा स्वयंले चलाएको गोली लागेर प्रहरी हवल्दारको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै मर्माहित बनाएको छ।’

मिडियाले गलत सूचना प्रवाह गरेको भर्त्सना गर्दै समितिले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग गरेको छ।

विज्ञप्ती पढ्नुस्

tharu realese

Leave a Reply

Your email address will not be published.